काठमाडौं, कात्तिक ११ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
साँझ ५ बजेबाट सुरु हुने यो खेल आजको एकमात्र निर्धारित हो। प्रतियोगितामा पोखरा एभेन्जर्सले यसै खेलबाट आफ्नो अभियान सुरु गर्न लागेको छ भने सुदूरपश्चिम रोयल्सको यो दोस्रो खेल हो।
यसअघिको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। आज दुवै टिम पहिलो वा पुनरागमन जितको खोजीमा मैदान उत्रनेछन्।




