• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो


  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • पोखरा, वैशाख ९ । सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ ।

    Advertisement

    यसलाई प्याकेजको रूपमा अगाडि बढाएर ओझेलमा परेका गन्तव्यहरूको प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाइ छ । पोखराका पर्यटन व्यवसायीहरूकाअनुसार यो निर्णयले कर्मचारी वर्गलाई मात्र नभई समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ । अब राज्यले यस्ता बिदालाई ‘होलिडे प्याकेज’ का रूपमा विकास गरी ओझेलमा परेका गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ । दुई दिने बिदाले नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास गर्न र देशको आन्तरिक पर्यटकीय सम्भावनालाई उजागर गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

    ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल  (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यकाअनुसार यो निर्णय आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कोशेढुङ्गा सावित हुनेछ । कोभिड–१९ को महाव्याधिपछि बिस्तारै तङ्ग्रिँदै गरेको पर्यटन व्यवसायका लागि नयाँ आन्दोलन र सकारात्मक परिवर्तनको आवश्यकता रहेको आचार्यको भनाइ छ । विशेषगरी जेन–जी पुस्तामा बढ्दो भ्रमण संस्कृतिको सन्दर्भमा यो निर्णय अझ प्रभावकारी हुने देखिएको छ । यसले नेपालीहरूबिच देश घुम्ने कुरालाई सहज बनाउने र आर्थिक रूपमा पनि चलायमान बनाउने काम गर्नेछ ।

    उहाँले भन्नुभयो, ‘हप्तामा दुई दिन बिदा दिने निर्णयले मानिसहरूलाई घुमघाम गर्ने फुर्सद दिन्छ, जसले समग्र आन्तरिक पर्यटनलाई चलायमान बनाउँछ । मान्छेले जागिर खाए पनि आफ्ना कुराहरू गर्ने र घुम्ने परिपाटी यसले बसाल्न सक्छ ।’

    अध्यक्ष आचार्यले राज्यका विभिन्न निकायहरूमा कार्यरत कर्मचारीहरूलाई पनि ‘भ्रमण प्याकेज’ को अवधारणा ल्याएर प्रोत्साहित गर्नुपर्ने बताउनु भयो । कर्मचारीहरूलाई योजनावद्ध रूपमा भ्रमणमा पठाउँदा अहिलेसम्म ओझेलमा परेका र कम परिचित पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा मद्दत पुग्ने उहाँको धारणा छ । पर्यटकीय गन्तव्यहरूको उचित प्रवद्र्धन र सरकारका यस्ता नीतिहरूको निरन्तरताले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको भूमिका अझ सशक्त हुनेमा उनले जोड दिनुभयो ।

    पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की सचिव एवं होटल लेक क्वीनकी सञ्चालक शान्ता सुवेदी तिमिल्सिनाले यस कदमबाट पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको बताउनु भयो । नयाँ वर्षको पूर्वसन्ध्या र बिदाको प्रभावले अहिले पर्यटकीय शहर पोखरा आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।

    ‘सरकारले दिएको दुई दिने बिदाले पर्यटनमा एकदम ऊर्जा प्राप्त भएको छ,’ सुवेदीले भन्नुभयो, ‘पर्यटन अहिले पोखरामा भरिभराउ नै छ ।’

    स्वयं होटल व्यवसायी समेत रहनुभएकी सुवेदीले यो बिदाको व्यवस्थाले पर्यटन क्षेत्रमा दीर्घकालीन रूपमा थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँकाअनुसार बिदाका कारण मानिसहरूले घुमफिरका लागि पर्याप्त समय पाउने हुँदा यसले समग्र पर्यटन व्यवसायमै ऊर्जा थपिएको हो ।

    पर्यटकीय क्षेत्रहरु पोखरा, लेखनाथ र यस वरिपरिका गन्तव्यहरुमा पर्यटकको उपस्थितिले आर्थिक गतिविधि चलायमान बनाएको पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की महासचिव शोभा अधिकारी पौडेलले दुई दिने विदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले यो दुई दिने विदाले गर्दा अब पोखराका पर्यटन क्षेत्रहरु, पोखरालाई मात्र नभइकन, लेखनाथलाई मात्र नभइकन पोखरा वरिपरि रहेका क्षेत्रहरुलाई पनि एकदमै आन्तरिक पर्यटक आएर अहिले एकदम चलायमान भएको हामीले अनुभव गरेका छौँ ।’

    लामो समयको सुनसानपछि सार्वजनिक विदाको सदुपयोग गर्दै भ्रमणमा निस्कने आन्तरिक पर्यटकका कारण पोखराका होटल, रेस्टुरेण्ट र ग्रामीण पर्यटकीय क्षेत्रहरुमा रौनक फर्किएको छ । फेवाताल, बेगनासताल र सराङकोट जस्ता मुख्य पर्यटकीय स्थलहरुमा पर्यटकको उपस्थिति बाक्लो देखिएको छ । यसले गर्दा स्थानीय स्तरमा रोजगारी र व्यापारमा समेत टेवा पुगेको पर्यटन व्यवसायीहरुको ठहर छ ।

    आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यो कदम कोशेढुङ्गा सावित हुने उनीहरूको विश्वास छ । होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेल यस निर्णयले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको बताउनु हुन्छ । उहाँकाअनुसार विदेशमा आइतबार बिदा हुने प्रचलन रहेकाले नेपालमा पनि सोही अनुरूप गरिँदा अन्तर्राष्ट्रिय पर्यटनका साथै आन्तरिक पर्यटनमा समेत ठूलो टेवा पुग्नेछ ।

    उहाँले भन्नुभयो, ‘नेपाल सरकारले शनिवार र आईतवार गरी हप्ताको २ दिन बिदा दिने जुन घोषणा गरेको छ, यो हाम्रो पर्यटन क्षेत्रका लागि स्वागत योग्य छ । अन्तर्राष्ट्रिय जगतमा आइतबार बिदा हुने अभ्यास रहेकाले यसले तालमेल पनि मिलाउँछ । मुख्य कुरा, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यसले ठूलो सहयोग पु¥याउँछ ।’

    पोखराको पर्यटन बजारलाई केन्द्रित गर्दै उहाँले यो बिदाले विशेष गरी आन्तरिक पर्यटकको चहलपहल बढ्ने र यसले समग्र होटल व्यवसायलाई नै नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।

    पौडेलले कर्मचारी वर्गको सन्दर्भ उठाउँदै भन्नुभयो, ‘जुन कर्मचारी वर्गहरू हुनुहुन्छ, उहाँहरूले अब लगातार २ दिन बिदा पाउने भएपछि परिवारसँग घुमघाम गर्न पर्याप्त समय मिल्नेछ । शनिवार त बिदा छँदै थियो, अब आईतवार पनि थपिँदा आन्तरिक पर्यटनको प्रवद्र्धनमा यसले ठूलै प्रभाव पार्नेछ ।’

    पर्यटन व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको यो माग सम्बोधन हुँदा कोभिडपछिको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न मद्दत पुग्ने देखिएको छ । –न्युज एजेन्सी नेपाल

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.