काठमाडौं, असोज १२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई सोमबार बिहान नियन्त्रणमा लिएको हो।
प्रसाईंले सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भन्दै अपमानजनक टिप्पणी गरेको आरोप सांसद खतिवडाले लगाएकी छन्। यसअघि गत साउन १८ गते सर्वोच्चको आदेशमा रिहा भएका प्रसाईंमाथि अनुसन्धानका लागि पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।




