काठमाडौं, असोज १३ । पहिरो पन्छाएसँगै कान्ति राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ। ललितपुरको छपेलीनजिक खसेको पहिरो हटाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको हो।
लगातारको वर्षाका कारण राजमार्गअन्तर्गत ललितपुरका बिर्खेधारा, भालुखोला, देवीसाध, तार्कुचे र छपेली तथा मकवानपुरको भर्याङडाँडा र घट्टेपाखामा सडकमा क्षति पुगेको छ।
क्षतिग्रस्त सडकको मर्मतसम्भारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।




