काठमाडौं, असोज १६ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। सोही दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको थियो।
यससँगै एक दिनको अवधिमा सुनको मूल्य १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो।




