काठमाडौं, असोज १६ । अभिनेता अनमोल केसी स्टारर नेपाली चलचित्र ‘बाटुलो जुन’को आधिकारिक टिजर सार्वजनिक भएको छ। भुवन केसीको निर्देशनमा तयार भएको चलचित्रको टिजरमा अनमोल केसीलाई आकर्षक लुक्समा प्रस्तुत गरिएको छ भने नव–नायिका प्रिन्सी खतिवडासँगको उनको जोडीले पनि दर्शकको ध्यान खिचेको छ।
चलचित्रमा भुवन केसी र अनमोल केसीसँगै प्रिन्सी खतिवडाको डेब्यु अभिनय रहनेछ। प्रिन्सीसँगै गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रियर राई, श्वेता मिश्रलगायत कलाकारको अभिनय रहेको छ।
‘बाटुलो जुन’को कथा समीप्यराज तिमल्सिना, सरिन पोखरेल र काजल केसीले तयार पारेका हुन्। पटकथा समीप्यराज तिमल्सिना र सरिन पोखरेलको रहेको छ।
चलचित्रलाई भुवन केसीले निर्देशन गरेका हुन् भने जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह–निर्माता रहेका छन्। चलचित्रको छायांकन राजेश श्रेष्ठले गरेका छन्।
टिजरको सम्पादन कृष्ण भण्डारीले गरेका छन्। चलचित्रको ट्रेलर शाहिल खानले तयार पार्ने जनाइएको छ।
‘बाटुलो जुन’मा नयाँ पुस्ताका अभिनेता अनमोल केसी र नव–नायिका प्रिन्सी खतिवडाको जोडीलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। टिजर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढेको छ।




