काठमाडौं, असोज १५ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको जारी अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को असोज १३ गते बसेको बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार संघीय संसद्का दुवै सदनको अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।




