काठमाडौं, असोज १५ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभामा प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्रीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस गर्नेछन् भने राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नहरूको उत्तर र वार्षिक प्रतिवेदनहरू पेस हुने कायिक्रम छ।