काठमाडौं, कात्र्तिक ९ । सामसङ मोबाइल नेपालले चाडपर्वको अवसर पारेर ग्यालेक्सी ए १७ स्मार्टफोन २४ महिनाको सहज किस्ताबन्दी (ईएमआई) योजनामा उपलब्ध गराएको छ । ग्राहकले मासिक रु. १,२२१ देखि सुरु हुने किस्तामा नयाँ ग्यालेक्सी ए १७ खरिद गर्न सक्नेछन् । साथै, पुरानो स्मार्टफोन साट्दा रु. ३,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकलाई ग्यालेक्सी स्मार्टफोन खरिद गर्न थप सहज बनाउने उद्देश्यले ल्याइएको यस योजनाले लामो अवधिमा सानो मासिक किस्ता तिरेर नयाँ स्मार्टफोन प्रयोग गर्ने अवसर प्रदान गर्नेछ । चाडपर्वको समयमा आफ्ना लागि स्मार्टफोन अपग्रेड गर्न वा प्रियजनलाई उपहार दिन चाहने ग्राहकका लागि यो योजना उपयोगी हुने अपेक्षा गरिएको छ ।
यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोन साटेर रु. ३,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । यसबाट नयाँ फोन खरिद गर्दा लाग्ने प्रारम्भिक खर्च कम गर्न मद्दत पुग्नेछ । यद्यपि, डाउन पेमेन्टमा हुने वास्तविक छुट फोनको मोडेल, एक्सचेन्ज मूल्याङ्कन र लागू हुने सर्तअनुसार फरक पर्न सक्छ । ग्यालेक्सी ए १७ को २४ महिनाको ईएमआई योजना, एक्सचेन्ज बोनस तथा त्यसका सर्तहरूबारे थप जानकारी लिन ग्राहकले नेपालभर रहेका सामसङका आधिकारिक स्टोर तथा रिटेल आउटलेटहरूमा सम्पर्क गर्न सक्नेछन् ।
चाडपर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले ग्राहकलाई आफ्नो बजेटअनुसार ग्यालेक्सी स्मार्टफोन छनोट गर्न र सहज किस्ताबन्दीमा नयाँ फोन प्रयोग गर्न सहयोग पु¥याउनेछ ।




