काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा निर्वाचन समितिको उपस्थितिमा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो। सभापति थापाले भने दसैँको फूलपातीका दिन नै शपथ लिनुभएको थियो।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट सभापतिसहित २३१ जना केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए।




