काठमाडौं, कात्तिक १२ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, आज कार्तिक १२ गते (बिहीबार) देखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहेने छ।
हाल देशभर आंशिक देखि साधारणतया बादल लाग्नेको छ। देशभर साधारणतया बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा बाँकी हिमली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहको छ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा, कर्णाली प्रदेशको पहाडी तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश पहाडी र तराई भू-भागको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
आज कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात मधेश प्रदेश तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेकोले धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबार अगाडी नै गर्नु हुन, तथा उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधि तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनु हुन तथा पर्यटकहरू उच्च हिमाली भू-भागमा नजानु हुन, गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाँउमा रहनु हुन अनुरोध छ। यस बाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन तथा पूर्व तयारी गर्नु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।




