धनुषा, कत्तिक ८ । धनुषाको मिथिला बिहारी नगरपालिका–३, मथिलेश्वरमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार ३० वर्षीया रिनादेवी यादव घरमा घाँटीमा धारिलो हतियारको चोट लागेको अवस्थामा मृत फेला परेकी हुन्। उनका श्रीमान् ३५ वर्षीय उमेश यादव भने घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
मृतक दम्पतीका चार वर्षीय छोराको तिघ्रामा समेत धारिलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ। घाइते बालकको अवस्थाबारे भने थप विवरण सार्वजनिक भएको छैन।
घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। घटनाको वास्तविक कारण र संलग्नताबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।




