चितवन, कात्तिक १० । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४, धारापानीमा आज बिहान करिब ८ः४५ बजे बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस संलग्न थिए।
घाइतेहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको एपीएफ ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ। दुर्घटनापछि पृथ्वी राजमार्गको यातायात अवरुद्ध भएको छ।




