चितवन, कात्तिक ११ । नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवं रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले भूमि सुधारमन्त्री प्रतिभा रावलले स्थानीय सरकारसँग समन्वय नै नगरी रत्ननगर–१२ मा लालपुर्जा बाँड्ने घोषणा गर्नु चुनावी स्टन्ट भएको आरोप लगाएका छन्।
भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया स्थानीय तहबाटै सुरु हुने व्यवस्था रहेको उल्लेख गर्दै सापकोटाले स्थानीय सरकारलाई जानकारीसमेत नदिई पुर्जा बाँड्ने घोषणा गर्नु गैरजिम्मेवार कदम भएको टिप्पणी गरेका छन्।
स्थानीय सरकारसँग आवश्यक समन्वय र प्रक्रियाबिनै लालपुर्जा वितरणको घोषणा गर्नुले वास्तविक सुकुम्बासीको समस्या समाधानभन्दा चुनावी प्रचारलाई प्राथमिकता दिएको देखिने उनको भनाइ छ।




