• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. संघीय संसद्को बैठक बस्दै

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. प्रतिनिधि सभा बैठक, २०८३ असोज १५ गत (LIVE)

धर्म र पर्यटनलाई जोड्ने गरी छायाँक्षेत्रको विकास गरिँदै


  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
  • गण्डकी १४ पुस 

    Advertisement

    सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा जिल्लाको स्याङ्जा बजारबाट २१ किलोमिटर र वालिङबाट पाँच किलोमिटरको दूरीको बीचमा पर्दछ प्रसिद्ध तीर्थस्थल छायाँक्षेत्र पौराणिक महत्वको प्राचीन एवं ऐतिहासिकस्थल भएर पनि अपेक्षित प्रवद्र्धनको अभावमा अझै पनि यो क्षेत्र छायाँमा नै परेको छ । पछिल्ला समयमा भने स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारले यस क्षेत्रको विकासमा चासो दिन थालेका कारण आगामी दिनमा यसको गरिमा र महत्व बढ्दै धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास जगाएको छ ।

    विशेषतः स्याङ्जा र आसपासका दर्शनार्थी मात्रै पुग्ने गरेको यस तीर्थस्थलमा पछिल्ला समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थीहरू पुग्ने गरेका छन् । विभिन्न सङ्घसंस्थाबाट हुने गरेका अवलोकन भ्रमणका क्रममा स्याङ्जामा आएका पर्यटकले नछुटाउने गन्तव्यका रूपमा छायाँक्षेत्र स्थापित बन्दै गएको पुजारी मेघनारायण रेग्मीले जानकारी दिनुभयो ।

    ठूलो पहाडकोबीच भागबाट कडा चट्टानलाई छिचोल्दै छङ्छङ् झरिरहेको झरना यहाँको विशिष्टता हो । छङ्छङ् आवाज आइरहने भएकाले यसै झरनाका कारण यस ठाउँको नाम नै छाङ्छाङ्दी रहन गएको स्थानीयवासी बताउँछन् । स्याङ्जाको भिरकोट नगरपालिका–४ मा पर्ने यो स्थल ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको छ । राजमार्गसँग जोडिएका कारण पोखरा–बुटवल को यात्रा गर्ने कतिपय यात्रु सवारीसाधन रोकेर यस तीर्थस्थलको दर्शन गर्ने गर्दछन् । प्रवेशद्वार वरपर चिया तथा खाजा खाने होटेल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा आएकाले पछिल्ला समयमा यो स्थान राजमार्गको बिसौनी जस्तो पनि बनेको छ ।

    मन्दिरकै कारण होटेल तथा रेष्टुरेन्ट र पूजा सामग्रीका पसल चल्न थालेपछि स्थानीयको आयआर्जनमा वृद्धि भएको छ भने यात्रारत यात्रुलाई थकाइ मार्ने र केही समय भए पनि मनलाई शान्त बनाउने गन्तव्य बनेको छ । बढ्दो बजारीकरणसँगै तीर्थालुको जमघट हुने भएकाले आसपासका क्षेत्रमा हुने स्थानीय उत्पादनले पनि उचित मूल्य पाउने गरेको स्थानीयवासी बताउँछन् ।

    सन्त गोपालकृष्ण आचार्यका अनुसार यस मन्दिरको स्थापना स्वस्थानी व्रतकथासँग जोडिएको छ । उहाँका अनुसार आफ्नै पिता दक्षप्रजापतिले लगाएको यज्ञकुण्डमा छोरी सतीदेवीले हामफाली देहत्याग गरेपछि सतीदेवीको मायाले ओतप्रोत भगवान् महादेवले सतीदेवीको शरीरलाई काँधमा बोकी पृथ्वी भ्रमणका क्रममा निस्किनुभएको थियो ।

    यसरी हिँडेका महादेवले सतीदेवीको शरीर कुहिएर अङ्गअङ्ग नै झरेको पनि थाहा नपाएको र त्यसै क्रममा यही छाङ्छाङ्दी क्षेत्रमा पुगेपछि सतीदेवीको शरीरका बाँकी अङ्ग पतन भएको कुरा श्रीस्वस्थानी व्रतकथामा उल्लेख रहेको उहाँले जानकारी दिनुभयो ।

    सतीदेवीको मृत शरीरलाई लामो समयसम्म बोकेर हिँड्दाको पीडा, थकाइ र तिर्खाले आकुलब्याकुल बनेका महादेवले यसै ठाउँको चट्टानयुक्त पहाडमा त्रिशूल प्रहार गरेर जल उत्पन्न गराई तिर्खा मेटाएको र त्यही स्थानमा गौमुखे धारा पनि निस्किएको किंबदन्ती छ । त्यही गौमुखेको पानीबाट छाङ्छाङ्दी झरना बनेको विश्वासका आधारमा मन्दिरमा आएका दर्शनार्थीले यहाँको पानीलाई तीर्थ जलका रूपमा घरघरमा लैजाने गर्दछन् ।

    यस क्षेत्रमा छायाँक्षेत्र पीठ, छत्रेश्वरीदेवी, सुसुकोधरा योगिनी, पिशाचेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरुपले रहेको स्वस्थानी व्रतकथामा उल्लेख छ । मन्दिरका सम्बन्धमा टअन्य विभिन्न किंबदन्ती पनि छन् । प्राचीनकालमा छायाँक्षेत्रमा आएर भक्तजनले आफ्नो मनोकांक्षाअनुसार काम थाल्दाको अघिल्लो दिन बेलुका आवश्यक सामग्रीको सङकल्प गर्दा भोलिपल्ट सम्पूर्ण सामान आपैmँ तयार हुने गर्दथ्यो । यसरी उत्पत्ति हुने सामग्री एकपटक एकजना भक्तजनले चोरेर लगेछन् । त्यसै समयदेखि सङ्कल्प गरेका सामान प्राप्त हुन छोडेको किंबदन्ती अहिले पनि जनजीब्रोमा कायमै छ । मन्दिर परिसरमा रहेका शिलामा देखिने गाईका थुन, गणेशका मूर्ति, नाग, शिवका विभिन्नस्वरुप आदिले यहाँको धार्मिक महत्वलाई अझै प्रष्ट पार्दछन् ।

    सिद्धार्थ राजमार्गसँग नै यसको प्रवेशद्वार जोडिएको हुँदा पनि यसको विकासका धेरै सम्भावना रहेको छायाँक्षेत्र समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ बताउनुहुन्छ । “यस क्षेत्रको धार्मिक एवम् ऐतिहासिक महत्वलाई उजागर गर्ने गरी हामीले विकासको योजनाअघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा सङ्घ, प्रदेश तथा स्थानीय तहको बढ्दो साथ सहयोगले हामीलाई अझै उत्साहित बनाएको छ ।”

    अध्यक्ष श्रेष्ठका अनुसार समितिको सक्रियतामा मन्दिर परिसरमा १०८ जलधाराको निर्माण अन्तिम चरणमा पुगेको छ । तीर्थालु भक्तजनका लागि आवास तथा भोजनगृह पनि निर्माण गरिएको छ ।यस क्षेत्रको विकासका लागि साझेदारी कार्यक्रमअन्तर्गत प्रदेश सरकारले रु ४० लाख सहयोग गरेको छ भने छायाँक्षेत्र समिति र भीरकोट नगरपालिकाको २०÷२० लाख सहयोगमा पूर्वाधार निर्माणका काम अघि बढाइएको हो । यहाँको विकासका लागि सङ्घीय पर्यटन मन्त्रालयबाट २५ लाख प्राप्त भएको उहाँले बताउनुभयो ।

    यहाँ रहेको शिव मन्दिरको पछाडि लगभग २० मिटरको उचाइबाट गाईको मुख आकारको स्थानबाट झरेको पानी ८० मिटर लम्बाइको भूमिगत ढलमार्फत स्थानीय दजुङ खोलामा पु¥याइएको छ । उक्त दजुङ खोला आँधीखोलामा गएर मिलेको छ । यहाँको आँधीखोलालाई दृष्टिविहीन बुबा र आमाप्रति छोरा श्रवण कुमारले गर्नुभएको श्रद्धा र भक्तिको प्रतीकका रूपमा पनि लिँदै आइएको छ । मन्दिर परिसरमा गौमुखे धारा, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता, नवग्रहका मूर्ति, शिवजीको विशाल मूर्ति, राधाकृष्ण र गणेशको मन्दिर आदि निर्माण गरिएको छ ।

    अध्यक्ष श्रेष्ठका अनुसार विभिन्न धार्मिक चाडपर्वसँगै दैनिक रूपमा आउने भक्तजनले चढाउने गरेको दानबाट वार्षिक करिब रु २५ लाख सङ्कलन हुने गरेको छ । साउन महिनाको प्रत्येक सोमबार एवम् अन्य दिनमा गरिने सन्ध्या आरती पनि यहाँको आकर्षण बन्दै गएको छ । छायाँक्षेत्रमा विशेषतः नयाँ वर्ष, साउने सङ्क्रान्तिसहित सोही महिनाको प्रत्येक सोमबार, हरितालिका तीज, कृष्ण जन्माष्टमी, महाशिवरात्रि, मातातीर्थ औँसीलगायतका विभिन्न पर्वमा भक्तजनको भीड लाग्ने गर्दछ ।

    मन्दिरमा विवाह, व्रतबन्धलगायतका माङ्गलिक कार्यका लागि पनि समयसमयमा दर्शनार्थी आउने गर्दछन् । उक्त धार्मिक क्षेत्रको विकासलाई लक्षित गरी २०७६ सालमा महायज्ञ गरिएको थियो । उक्त महायज्ञबाट करिब रु ६० लाख सङ्कलन भएको छायाँ क्षेत्र सेवा समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । धर्म र पर्यटनलाई जोड्ने गरी यहाँको पूर्वाधार विकासका योजनाअघि सारिएको बताउँदै उहाँले अपेक्षित सबै काम सम्पन्न गर्न करिब रु १२ करोडसम्म लाग्ने अनुमान गरिएको बताउनुभयो ।

    “मन्दिर परिसरमा हिन्दू धर्मसँग सम्बन्धित सबै देवीदेवताको मूर्ति राख्ने योजनामा छौँं”, उहाँले भन्नुभयो, “राजमार्गसँग जोडिएको धार्मिक एवम् ऐतिहासिक यो तीर्थस्थललाई पुग्नै पर्ने गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो दीघकालीन लक्ष्य छ ।”राजमार्गमा यात्रारत यात्रुले सवारी साधनबाटै यस तीर्थस्थलको अवलोकन गर्न सक्ने किसिमले पहाड तथा रूख कटान गर्ने, पार्क निर्माण गर्नेलगायतका विभिन्न योजनाअघि बढाइएको उहाँले बताउनभयो । मन्दिर वरपर झण्डै दुई तीन बिघा सार्वजनिक जग्गा रहेको र त्यसलाई संरक्षण तथा उपयोगमा समितिले जोड दिएको छ ।

    व्यवस्थापन गर्न समस्या भएसँगै बाच्छाबाच्छी चढाउन छोडियो

    मन्दिरमा विगतमा भक्तजनले विभिन्न मनोकांक्षासहित बाच्छाबाच्छी चढाउने गरिएकामा पछिल्लो समयमा उक्त प्रचलन हराएको छ । मन्दिरमा गौशाला नहुँदा चढाइएका बाच्छाबाच्छीको व्यवस्थापन गर्न नसकिने भएपछि बाच्छाबाच्छी चढाउन रोक लगाइएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । “करिब १५ वर्षअघिसम्म पनि मन्दिरमा विभिन्न भक्तजनबाट बाच्छाबाच्छी चढाउने गरिन्थ्यो”, उहाँले भन्नुभयो,“व्यवस्थापनकै समस्याका कारण उक्त प्रचलनलाई हटाएर परेवाको जोडी चढाउने क्रम सुरु भएको हो ।” मन्दिरमा बलि भने चढाउने प्रचलन छैन ।

    मन्दिरमा पछिल्लो समयमा प्रदेश सरकार, नगरपालिका र मन्दिर समितिको साझेदारी कार्यक्रमअन्तर्गत पूर्वाधार विकासका काम बढेसँगै आगामी दिनमा यो क्षेत्र महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुने अपेक्षा गरिएको छ । गण्डकी प्रदेश सरकारले पनि यस स्थललाई गण्डकी प्रदेशका महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा सूचिकृत गरेको छ । आगामी दिन यो तीर्थस्थल धर्म र पर्यटनको सेतुका रूपमा स्याङ्जा जिल्लाको मात्र नभइ समग्र गण्डकी प्रदेशकै गन्तव्य बन्ने विश्वास गरिएको छ ।

    सङ्घसंस्थाको भ्रमणमा छायाँ क्षेत्र समेटिदै

    विभिन्न समाजिक सङ्घसंस्थाले आफ्ना भ्रमणका गन्तव्यमा छायाँक्षेत्रलाई समेट्ने गरेका छन् । कास्की, स्याङ्जा, तनहुँ आसपासका जिल्लामा बढ्दै गएको घुम्ने संस्कृतिको विकाससँगै पछिल्ला समयमा यी जिल्लाबाट विभिन्न सङ्घसंस्थाबाट सर्वसाधारण छायाँ क्षेत्र आउने गरेका छन् ।

    कास्कीको पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंँडाबाट नवीन टोल विकास संस्थाको संयोजनमा ६३ सदस्यीय टोलीले हालै छायाँक्षेत्रको अवलोकन भ्रमण गरेको संस्थाका अध्यक्ष पुष्पराज शर्मा पौडेलले जानकारी दिनुभयो । “धार्मिक एवम् पौराणिक महत्वको यस क्षेत्रको प्राचीन मौलिकतालाई जोगाउँदै संरक्षण विकास गर्नुपर्ने देखिन्छ”, पौडेलले भन्नुभयो,“राजमार्गसँग जोडिएको उपयुक्त स्थानमा रहेको यस तीर्थस्थलको प्रवद्र्धन गर्न सकेमा स्याङ्जा जिल्लाका साथै गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने पक्का छ ।”

    यस्ता संस्थाको संरक्षण र विकाससँगै पर्यटकको आकर्षण बढ्दा त्यसले स्थानीय उत्पादनको बिक्री वितरण हुने र प्रत्येक सर्वसाधारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आयआर्जनमा जोडने उहाँले बताउनुभयो ।

     

    बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय
    १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने
    साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार
    भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय
    सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह
    कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

    • २.
      १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने

    • ३.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

    • ४.
      भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

    • ५.
      सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह

    • ६.
      कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    • ७.
      कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

    • ८.
      विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.