• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि समानान्तर वडा अधिवेशन सुरु

खुवाको ‘हब’ बन्दै चुच्चेखोला


  •   मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
  • मनहरी १२ असार

    Advertisement

    हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गर्नु भएको हो ।

    उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोस अझै घटेको छैन । उहाँ अहिले पनि बिहान ५ देखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त हुनुहुन्छ । खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही पेसाबाट कमाएको रकमले आफ्ना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गा जमिन जोड्नसमेत सफल हुनुभएको छ । इच्छा शक्ति भयो भने एउटै कामबाट पनि सफल बन्न सकिन्छ भन्ने उदाहरणका रुपमा तिमल्सिनालाई लिन सकिन्छ ।

    मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–६ र १७ को साँधमा तिमल्सिनाको श्रीकृष्ण खुवा बिक्री भण्डार भन्ने पसल छ । अहिले कृष्णप्रसादको बिँडो माहिला छोराबुहारीले थामेका छन् । “उमेरले नेटो काट्यो के गर्नु, पुरानो पेसा छाड्न सकिएन माया लाग्छ, त्यसैले अहिले पनि सकेसम्म आफैँ अग्रसर हुन्छु”, तिमल्सिना भन्नुहुन्छ ।

    पसल छोराबुहारीले सम्हालेपछि तिमल्सिनाले सोही नाममा यसको शाखा हेटौँडा बजारमा खोल्नुभएको पनि २३ वर्ष भइसकेको उहाँ बताउनुहुन्छ । चुच्चेखोलाको व्यवसाय सुरु गरेको अहिले ४५ वर्ष भयो । जीवनको पूवाद्र्धमा दुःखकष्ट र उकाली ओरालीहरूसँग सङ्घर्ष गर्दागर्दै अन्ततः तिमल्सिनाले खुवा व्यवसायको पहिचान बनाउनुभयो ।

    चुच्चेखोला अहिले खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजियामा पाइने बाजेको पेडा जस्तै चर्चित छ चुच्चेखोलाको खुवा । तपाइँ जो कोही जतिबेला पनि चुच्चेखोला पुग्नुभयो भने हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रस्ट देख्न सकिन्छ ।

    सुरुमा खुवाका बारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट यसले बजार पनि पाउन थालेको हो । दूधलाई कराइमा आगोले तताएर लगभग दुई घण्टा पन्यूँले चलाउँदै गएपछि खुवा बन्दछ । खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ । यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पनि पुग्ने गरेको तिमल्सिना बताउनुहुन्छ । यसले देशको अर्थतन्त्रमा पनि ठूलै हिस्सा जोडेको छ ।

    गोरेटो बाटो रहेकाले उतिबेला हिँड्डुल गर्नेहरुको चहलपहल खासै नभएकाले व्यापारको सुरुआती दिन सम्झिँदा तिमल्सिना भन्नुहुन्छ, “त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक किलो खुवा बेच्न पनि मुस्किल थियो ।”

    आफ्नो परिश्रममा विश्वास राख्ने तिमल्सिनाले पेसाप्रतिको इमान्दारीतालाई पनि मर्न दिनुभएन भन्दै निरन्तर लागिरहे । मिहेनतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर उहाँले यही पेसालाई आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि निरन्तरता दिइरहनुभएको छ । पहिला प्रतिकेजी रु १५ सम्म खुवा बेचेको उहाँ सम्झनुहुन्छ । अहिले खुवाको मूल्य प्रतिकेजी रु सात सय पुगेको छ ।

    पहिला खुवाका लागि दैनिक १० लिटर दूध घोट्ने तिमल्सिना पछिल्लो एक दशकयता दैनिक दुई सय लिटरसम्म दूध घोट्ने गर्नुहुन्छ । खुवाको लागि भैँसीको दूध चाहिने भएकाले पछिल्लो समय भैँसीपालनमा भन्दा बढी गाईपालनमा कृषकहरु आकर्षित भएपछि खुवाका लागि भैँसीको दूध जुटाउन तिमल्सिनालाई निकै समस्या आइपरेको छ ।

    छोराबुहारीले विभिन्न गाउँबाट मगाउँछन् अहिले पनि दैनिक चार सय लिटरसम्म दूध खरिद गरी खुवा घोट्ने काम भइरहेको उहाँ बताउनुहुन्छ । चार लिटर दूध बराबर एक किलो खुवा उत्पादन हुने हुँदा तिमल्सिनाको पसलमा दैनिक ७५ किलोसम्म खुवा उत्पादन हुने गर्दछ । उहाँले पसलबाटै प्रतिकेजी रु सात सयमा खुवा बेच्नुहुन्छ । यही व्यवसायबाट दैनिक खर्च कटाएर मासिक लाखौँ रुपैयाँ आम्दानी गरिरहनुभएको उहाँको भनाइ छ ।

    तिमल्सिनाको फरक पेसाले साँच्चै नै व्यावसायिक क्रान्ति छर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ तिमल्सिना । अहिले त हेटौँडाको चुच्चेखोलामा मात्र लगभग दर्जनभन्दा बढी खुवाका पसलहरू छन् । तिमल्सिनामात्र होइन, यही पेसाबाट उहाँका छिमेकी श्यामकुमार मानन्धरले पनि आफूलाई खुवा व्यवसायीका रुपमा परिचित बनाउनुभएको छ ।

    विगत २४ वर्षदेखि चुच्चेखोलामा मानन्धरले खुवा बेच्दै आउनुभएको छ । उहाँ पनि एक सफल खुवा व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । मानन्धरले सञ्चालन गरेको कृष्ण कन्हैया खुवा भण्डार पनि साढे दुई दशक पुग्न थाल्यो । उहाँको भण्डारमा ग्राहकहरुको बाक्लो भीड लाग्ने गरेको देख्न सकिन्छ । विसं २०५६ तिरबाट खुवा बनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउँदैनन् । दैनिक एक सय ५० लिटर दूध खपत गरेर २० किलोभन्दा बढी खुवा बनाउने गरेको मानन्धर बताउनुहुन्छ ।

    यस स्थानमा लहरै रहेका झन्डै दर्जनभन्दा बढी खुवा पसल सञ्चालनमा छन् । स्थानीय कृषक तथा डेरीबाट दूध किनेर खुवा बनाउने गरेको बताउँदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौँडामा मात्रै नभई पोखरा वीरगञ्ज, चितवन, जनकपुर काठमाडौँसम्म पुग्ने गरेको बताउनुहुन्छ । विसं २०५६ बाट खुवा बेच्दै आउनुभएका मानन्धरले पनि खुवाकै व्यापारबाट मात्र अहिले मासिक एक लाख आम्दानी गर्दै आउनुभएको बताउनुहुन्छ ।

    खुवा सबैैैले देख्ने गरी बनाइन्छ, यसको मीठो बास्नाले गर्दा होला कान्तिलोकपथ भएर यात्रा गर्ने होस् या गर्मी छल्न आउने जो कोही पनि खुवाको मीठो स्वाद चाखेर जाने गर्दछन् । चुच्चेखोलाको खुवाको चर्चा धेरै सुन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो मानन्धरको पसलमा खुवा खाँदै गरेका रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने औधेस चौधरीले बताउनुभयो । चौधरीले आफू तराईकोे बासिन्दा भए पनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिनुभयो । यस पेसाबाट आफूले घरव्यवहार चलाएको र जग्गा पनि किनेको बताउँदै मानन्धरले आफू यस व्यवसायबाट सन्तुष्ट रहेको बताउनुभयो ।

    उहाँकोे २४ वर्षदेखिको पेसाप्रतिको मिहेनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीका रुपमा गनिनुहुन्छ । मानन्धरसँगै रहेको लक्ष्मीनारायण खुवा पसलका सञ्चालक ६६ वर्षीय सोमनाथ तिमल्सिना पनि खुवा व्यवसायबाटै चर्चामा हुनुहुन्छ । सोमनाथले यो काम थालेको ३५ वर्ष बढी भयो । यही पेसाबाट सोमनाथले पनि आफ्नो परिवार धान्दै आयआर्जन गरिरहनुभएको छ ।

    उहाँको पनि दैनिक दाउरा, दूध खरिदको खर्च कटाएर मासिक लाख रुपैयाँ बच्ने गरेको बताउनुहुन्छ । सोमनाथकोे पसलमा उत्पादन हुने खुवा पोखरासम्म पुग्छ । दैनिक रुपमा बसमार्फत पोखरामा खुवा पठाउने गरिन्छ । हेटौँडा बाहिरका मिठाई व्यवसायी र होटलहरुले चुच्चेखोलाको खुवा लैलाने गर्दछन् ।

    अहिले भैँसी पाल्ने कृषकहरु घटेका छन् । भैँसीको दूध पाउन मुस्किल छ । पछिल्लो समय उन्नत जातका गाई पाल्ने क्रम बढ्दै आएपछि खुवा व्यवसायीहरुले चनाखो हुन बाध्य हुनुपरेको छ । भैँसीले गाईको तुलनामा कम दूध दिने भएकाले पनि कृषकहरुले भैँसी पाल्न छाडेको खुवा व्यवसायीहरु बताउँछन् ।

    एउटा भैँसीको लगभग लाख रुपैयाँसम्म पर्दछ । किसानले यति ठूलो खर्च गर्न सक्दैनन् । त्यसैले यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारीमार्फत ऋण लिएर त्यसबाट भैँसी किन्न उत्प्रेरित गर्ने अनि भैँसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्नेले गर्दा खुवा पसलहरु पनि टिकिरहेको देख्न सकिन्छ । दूध खुवा पसलले प्रतिलिटर रु ९० मा भैँसीको दूध किन्ने गर्छन् ।

    पछिल्लो समय खुवा व्यवसाय निकै फस्टाएको छ । यो पेसामा आकर्षित हुनेहरुको सङ्ख्या पनि बढिरहेको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले केही खुवा व्यवसायीहरुका लागि उपमहानगरले खुवा घोट्ने मेसिन अनुदान दिएको बताउनुभयो । खुवा घोट्न हात चलाइरहनुपर्ने भएकाले सहजताका लागि उपमहानगरले पछिल्लो प्रविधिको मेशिन दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यो व्यवसायीलाई थप अनुदान कसरी के प्रक्रियाले दिन सकिन्छ कार्यपालिकाको बैठकबाट निर्णय गरी वार्षिक योजनामा लगेर अनुदान दिन आफूहरु लागिपर्ने बताउनुभयो । उपमहानगरले चुच्चेखोलालाई खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ । रासस

    मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय
    १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने
    साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार
    भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय
    सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह
    कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

    • २.
      १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने

    • ३.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

    • ४.
      भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

    • ५.
      सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह

    • ६.
      कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    • ७.
      कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

    • ८.
      विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.