काठमाडौं, चैत ११ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आँशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भु-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
राती सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।




