• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. संघीय संसद्को बैठक बस्दै

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. प्रतिनिधि सभा बैठक, २०८३ असोज १५ गत (LIVE)

भौतिक संरचना र जनशक्तिको अभाव खेप्दै तनहुँ अदालत


  •   सोमबार, साउन १६, २०७९ मा प्रकाशित
  • दमौली१६ साउन

    Advertisement

    भौतिक संरचना अभाव र कम जनशक्तिका कारण तनहुँ जिल्ला अदालतमा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । अदालतमा प्रत्येक वर्ष मुद्दाको चाप बढेको तर भौतिक संरचना अभाव हुनु र कम जनशक्तिका कारण सेवा प्रवाहमा कठिनाइ भएको हो ।

    मुद्दा सङ्ख्या बढेअनुसार जनशक्ति थप हुन नसक्दा सेवा प्रवाहमा असहजता हुँदै आएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवर बताउनुहुन्छ । जिल्ला अदालतमा तीन न्यायाधीशको दरबन्दी रहे पनि हाल दुई न्यायाधीश मात्रै कार्यरत हुनुहुन्छ । त्यसमध्ये एक न्यायाधीशको दरबन्दी रिक्त छ ।

    एकजना न्यायाधीश पदपूर्ति हुने बित्तिकै जिल्ला अदालतमा इजलास बनाउने ठाउँ छैन । “ढिलोचाँडो रिक्त रहेको पदमा न्यायाधीश पदपूर्ति भएपछि इजलास र न्यायाधीश बस्ने कार्यालय कहाँ बनाउने हो भन्ने समस्या छ,” स्रेस्तेदार कुँवरले भन्नुभयो, “अदालतमा हाल भइरहेकै ठाउँ अभाव छ ।”

    एकजना न्यायाधीश थपिँदा पाँचजना कर्मचारी थप गर्नुपर्छ । अदालतमा हाल कार्यरत कर्मचारी पनि अपुग रहेको छ । कूल ५६ जना दरबन्दी रहेको अदालतमा स्थायी २५ र करार २२ गरी ४७ जना कर्मचारी कार्यरत छ भने न्यायाधीश एक, डिठ्ठा पाँच र तामेल्दार तीन गरी नौजना कर्मचारी रिक्त रहेको अदालतले जनाएको छ ।

    हाल स्रेस्तेदार एक, तहसिलदार एक, शाखा अधिकृत एक, इजलास अधिकृत दुई, नायब सुब्बा ११, लेखापाल एक, सूचना प्राविधिक सहायक एक, सर्भेक्षक एक, कम्प्युटर अपरेटर एक, डिठ्ठा आठ, तामेल्दार छ, हलुका सवारीचालक एक र कार्यालय सहयोगी नौजना कार्यरत छन् ।

    अदालतमा हाल दुईवटा इजलास छ । एउटा इजलास थप गर्न बाँकी रहेको बताउँदै स्रेस्तेदार कुँवर भन्नुहुन्छ, “ठाउँ नपुगेपछि सभाहल वा लाइब्रेरीमध्ये एक ठाउँमा इजलास बनाउने तयारी गरेका छौँ, इजलास थपिएपछि पाँचजना कर्मचारी थप चाहिन्छ, त्यसका लागि के गर्ने सम्बन्धित निकायमा जानकारी गराउँछौँ ।”

    अदालतमा पुस्तकालय, मेलमिलाप कक्ष, वैतनिक कानुन व्यवसायी कक्ष, बालमैत्री कक्ष र सरकारी वकिल कक्ष समेतको स्थान अभाव रहँदै आएको छ । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले भन्नुभयो, “स्रोतसाधन अभावका बीचमा पनि अदालतले सेवा प्रवाह गर्दै आएको छ, तर यसले सेवा प्रवाहमा असहजता उत्पन्न गराएको छ,” उहाँले भन्नुभयो, “यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्छ ।”

    आधा मात्रै मुद्दा फछ्र्यौट

    अदालतले आर्थिक वर्ष २०७८÷७९ मा ५४.५६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जिम्मेवारी सरिआएका र नयाँ दर्ता भएका मुद्दामध्ये उक्त अवधिमा आधाजसो मुद्दा मात्रै फछ्र्यौट भएको हो । अदालतले उक्त अवधिमा लक्ष्यभन्दा कम मुद्दा फछ्र्यौट गरेको हो । अघिल्लो वर्षको जिम्मेवारी सरिआएका ९५९ र नयाँ दर्ता एक हजार ५४१ गरी कूल दुई हजार ५०० मुद्दामध्ये एक हजार ३६४ मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ ।

    त्यस अवधिमा न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले ६२४ थान र न्यायाधीश वासुदेव पौडेलले ७४० थान मुद्दा फछ्र्यौट गर्नुभएको छ । “गत वर्ष कोरोना कहरका कारण भएको निषेधाज्ञाका कारण मुद्दा फछ्र्यौटमा कमी देखिएको थियो, यस वर्ष पनि करिब डेढ महिनामा एक न्यायाधीश स्थानीय तह निर्वाचनमा खटिनुपर्दा मुद्दा फछ्र्याैटमा कमी आएको छ,” स्रेस्तेदार कुँवरले भन्नुभयो ।

    अदालतमा अब एक हजार १३६ मुद्दा फछ्र्यौट हुन बाँकी छ । फछ्र्यौट हुन बाँकी मुद्दा चालु आव २०७९÷८० मा जिम्मेवारी सरेर आउँछ । फछ्र्यौट हुन बाँकी मुद्दामध्ये एक वर्षभित्रका ७३८, एक वर्षदेखि १८ महिनाभिका १७५, अठार महिनादेखि दुई वर्षभित्रका १०० र दुई वर्ष नाघेका १२३ मुद्दा छन् । सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा फछ्र्यौट भएका छन् । अदालतमा धेरै दर्ता हुनेमध्ये सम्बन्धविच्छेदका मुद्दा हो । सम्बन्धविच्छेदतर्फ ९३७ मुद्दा रहेकामा ६८६ थान मुद्दा फछ्र्यौट भएको छ ।

    लेनदेनतर्फ ११९ मुद्दा रहेकामा ७३ थान मुद्दा फछ्र्यौट भएको छ । अंशतर्फ ४०८ मुद्दा रहेकामा १५९ थान मुद्दा फछ्र्यौट भएको छ । लिखत बदरतर्फ १२० मुद्दा रहेकामा ३५ थान मुद्दा फछ्र्यौट भएको छ । जबर्जस्ती करणीतर्फ ८० मुद्दा रहेकामा २५ थान मुद्दा फछ्र्यौट भएको छ । कर्तव्य ज्यानतर्फ २२ मुद्दा रहेकामा आठ, सवारी ज्यानतर्फ ८१ मुद्दा रहेकामा ५१, ज्यान मार्ने उद्योगतर्फ २१ मुद्दा रहेकामा १०, चोरीतर्फ ३३ मुद्दा रहेकामा १४ थान मुद्दा फछ्र्यौट भएको छ ।

    डाँका चोरीतर्फ दुई मुद्दा रहेकामा दुई, लागूऔषधतर्फ ६८ मुद्दा रहेकामा ३३, आत्महत्या दुरुत्साहनतर्फ आठ मुद्दा रहेकामा दुई, मानव बेचबिखनतर्फ एक मुद्दा रहेकामा एक, कुटपिटतर्फ एक मुद्दा रहेकामा एक, जालसाजीतर्फ १२८ मुद्दा रहेकामा ४८, बहुविवाहतर्फ १५ मुद्दा रहेकामा छ, बालविवाहतर्फ चार मुद्दा रहेकामा तीन, बालयौन दुरुपयोगतर्फ सात मुद्दा रहेकामा पाँच, चेक अनादरतर्फ १०० मुद्दा रहेकामा २४ र अन्यतर्फ ३४० मुद्दा रहेकामा १७८ थान मुद्दा फछ्र्यौट भएको छ ।

    बालबालिका प्रतिवादी भएका मुद्दा ४० थान रहेकामा १९ फछ्र्यौट भई ११ थान बाँकी रहेको छ । त्यसमध्ये १० बालबालिका पुर्पक्षका लागि बालसुधार गृहमा छन् भने २३ जनालाई पुर्पक्षको सिलसिलामा परिवारका सदस्यको जिम्मा लगाइएको छ ।

    एक वर्षको अवधिमा मुल्तवी रहेका मुद्दाको सङ्ख्या ४० रहेकामा छ मुद्दा यस वर्ष मुल्तबी जागेको थियो । मुल्तबीमध्ये सबैभन्दा पुरानो मुद्दा कर्तव्य ज्यानको २०६७ फागुन १ गतेको रहेको अदालतले जनाएको छ । यस अवधिमा दुई हजार ४०४ मुद्दाको म्याद तामेल गर्नुपर्नेमा दुई हजार ३६५ मुद्दाको म्याद तामेल भएको छ भने ३९ मुद्दाको म्याद तामेल गर्न बाँकी छ । तामेल हुन बाँकी म्यादमध्ये सबैभन्दा पुरानो मुद्दा २०७८ माघ १० गतेको रहेको छ ।

    अदालतले एक वर्षको अवधिमा केही भौतिक उपलब्धि गरेको छ । अदालतको परिसरभित्र रहेको गोलघरको छाना मर्मतसम्भार गरिएको छ भने सेवाग्राही तथा कर्मचारीका लागि रु १० लाखको लागतमा शौचालय निर्माण गरिएको छ । अदालतको प्रवेशद्वारमा आँबुखैरेनी गाउँपालिकाको सहयोगमा विद्युतीय डिस्प्ले बोर्ड जडान गरिएको छ भने व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाको रु चार लाख सहयोगमा प्रतीक्षालय निर्माण गरिएको छ ।

    सोमबार, साउन १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय
    १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने
    साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार
    भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय
    सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह
    कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      संघीय संसद्को बैठक बस्दै

    भर्खरै

    • १.
      सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

    • २.
      १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने

    • ३.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

    • ४.
      भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

    • ५.
      सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह

    • ६.
      कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    • ७.
      कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

    • ८.
      विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.