• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि समानान्तर वडा अधिवेशन सुरु

भक्तपुरमा स्वास्थ्यमन्त्रीको टिपरको ठक्करबाट देवगणको मृत्यु


  •   शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
  • भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको टिपरले ठक्कर दिई भक्तपुरमा एकजना देवगणको मृत्यु भएको छ । भक्तपुरको कमलविनायकमा बुधबार राति साढे नौ बजे भएको दुर्घटनामा परी भक्तपुर नगरपालिका–८ का २६ वर्षीय स्कुटर चालक बिमल वनमालाको मृत्यु भएको हो । टिपरले स्कुटरलाई ठक्कर दिएपछि एकजनाको घटनास्थलमै मृत्यु र अर्को एकजना घाइते भएका थिए ।

    Advertisement

    मृतक बनमाला नेपालमै सबैभन्दा लामो समयसम्म चल्ने जीवित देवी देवगण हुन् । उनको मृत्युले जात्रासमेत प्रभावित भएको छ । माघ २ गतेदेखि भक्तपुरमा चल्न सुरु भएको नवदुर्गा जात्रा (ङालाकेगू जात्रा) अन्तर्गत बिहीबार देवगणहरु नवदुर्गा मन्दिरबाट जात्रास्थल भक्तपुर नगरपालिका वडा नं १० महालक्ष्मीमा जाने रुट थियो । यस क्रममा राति त्यही बसेर शुक्रबार त्यहाँ दिनभर जात्रा हुने गर्दथ्यो । तर घटनापछि जात्राका देवगणहरु राति अबेरसम्म त्यहाँ पुग्न सकेको छैन ।

    दुर्घटनामा मृत्यु भएका देवगणको लाश भक्तपुर अस्पतालमा रहेको छ । समाचार तयार पार्दासम्म उनको दाहसंस्कार भएको छैन । उनी जिवित नै रहेको ठहरिने र उनको सटामा अर्को प्रतिस्थापन गर्न नसकेकोले जात्रा सञ्चालनमा अवरोध भएको जनाइएको छ ।

    दुर्घटनापछि उचित क्षतिपूर्ति नदिएको भन्दै पीडितहरु बुधबार रातिदेखि नै आन्दोलित थिए । आन्दोलन बिहीबार रातिसम्म पनि चलिरहेको थियो । यही कारण जात्रामा अवरोध भएको हो । सहमतिपछि मृतक देवगणको लाश जलाई अर्को देवगण सटाभर्नामा राखेपछि मात्रै जात्रा सञ्चालन गर्न सकिने छ ।

    मृतकको घरमा बृद्ध आमा लक्ष्मीशोभा बनमाला र बुबा गणेशराम बनमाला मात्रै रहेको भन्दै पीडितहरु आन्दोलित थिए । घर धान्ने एउटै मात्रै छोराको मृत्यु भएको भन्दै बृद्धआमाबुबाको जीवनका लागि उचित क्षतिपूर्ति दिने माग पीडितहरुले गर्दै आएका थिए । परिवारका दुई जना छोरीहरुको भने विवाह भइसकेको छ । ठूली छोरीका ज्वाई रविन्द्र वनमालाले सासुससुरा मात्रै बाँकी भएकोले उनीहरुको जीवनयापनका लागि उचित क्षतिपूर्तिका साथ बुधबार रातिदेखि बिहीबार रातिसम्म आफूहरु जगाती प्रहरीमा आन्दोलनरत रहेको बताए । यसैबिच मृतकलाई १६ लाख क्षतिपूर्ति दिने गरी सहमति भएको जनाइएको छ । राति अवेर भएको सहमति अनुसार आन्दोलन स्थगित भएको जनाइएको छ ।

    प्रहरीका अनुसार राति दुर्घटनामा गम्भीर घाइते भई देवगणको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल चालक भक्तपुर–७ इनाचोका २४ वर्षीय राजेश वनमाला घाइते अवस्थामा छन् । उनी बी एन्ड बी अस्पतालमा उपचाररत छन् । साथै फरार टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपर पनि हाल जगाती प्रहरी बृतमा राखिएको छ । प्रहरीका अनुसार ठक्कर दिने टिपर स्वास्थ्यमन्त्री किरण थापाका सुपुत्रको नाममा रहेको जनाइएको छ । स्वास्थ्यमन्त्री एवं बागमती प्रदेशका सदस्य थापा क्रसर व्यवसायीसमेत हुन् । (नागरिक दैनिकबाट)

    शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय
    १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने
    भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय
    सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह
    विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा
    बागलुङमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

    • २.
      १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने

    • ३.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

    • ४.
      भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

    • ५.
      सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह

    • ६.
      कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    • ७.
      कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

    • ८.
      विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.