दार्चुला, वैशाख २७ । दार्चुलामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ बजे दार्चुलाको तपोवन आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का स्थानीय क्षेत्रमा प्रष्टसँग महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको बारेमा भने हालसम्म कुनै विवरण प्राप्त भएको छैन। सुदूरपश्चिमका हिमाली जिल्लाहरूमा पछिल्लो समय पटक-पटक परकम्प र भूकम्पका धक्काहरू रेकर्ड हुने गरेका छन्।




