काठमाडौं, वैशाख २९ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ।
आजको बैठकको मुख्य कार्यसूची सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने रहेको छ। छलफलमा विभिन्न राजनीतिक दलका सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा आफ्नो धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक बहस सुरु हुन लागेको हो।
यसै अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको बजेटसमेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।




