काठमाडौं २ असोज
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आइतबार अदालत फर्कन सक्ने चर्चापछि सर्वोच्च अदालत परिसरको माहोल गर्माएको छ।
महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा महाभियोग पुष्टि नभएको भन्दै सर्वोच्च अदालत हाजिर हुन आउने खवर प्रवाह भएसँगै अदालत परिसरमा ठूलो संख्या प्रहरी परिचालन गरिएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ (शनिबार) जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।
उनी अदालत फर्कने जानकारी आएसँगै बार एशोसिएशन र सर्वोच्चका पदाधिकारी उनलाई रोक्न सक्रिय भएर लागेका छन्।




