• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी


  •   शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
  • रेसुङ्गा, २४ मङ्सिर ।

    Advertisement

    सामान्य कुराकानी चलिरहेका बेला दुईचारजनाको एक समूहका बीचमा एउटा सहमति भयो । त्यो सहमति आर्थिक आवश्यकता परिपूर्तिका लागि थियो । आफू र आफ्ना नजिक भएकासँग सम्पर्क गरेर एउटा संस्था स्थापना गर्ने सल्लाह भयो ।

    त्यसपछि ३१ जनाबाट सुरु भएको संस्था आज १४ हजारभन्दा बढीलाई आबद्ध गराउँदै छ जिल्लामा विस्तार भएकोे छ । बाईस वर्षअगाडि २०५७ मा गुल्मीको सदरमुकाम तम्घासमा मैत्री बहुउद्देशीय सहकारी संस्था लिमिटेड स्थापना भएको थियो । यो सहकारी अहिले गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विस्तार भएको प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद आचार्यले जानकारी दिनुभयो ।

    स्थापनाकालबाटै बचत तथा ऋण प्रवाह, दुग्ध डेरी स्थापना र लघुवित्त स्थापनाको काम सहकारीले गरेको थियो । सहकारीले तम्घास र धुर्कोटमा सुपथ पसल, बचत तथा ऋण, युवा स्वरोजगार कार्यक्रम, साना व्यवसायी रोजगार, बिना धितो ऋण प्रदान र शून्य दरमा ऋण प्रवाह लगायतका कार्यक्रम सञ्चालन गरिरहेको आचार्यले बताउनुभयो ।

    सहकारी अहिले कूल रु ८४ करोड पूँजीमा पुगेको छ । यसले वार्षिक एक करोड ५६ लाख आम्दानी गरेको छ । “सहकारी संस्थाले लगानी सोचेर र बुझेर मात्र गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “बचत गर्दा सुरक्षित र भरपर्दो हुने भएकाले सहकारीमै बचत गर्नु आवश्यक छ ।” सहकारीमा अहिले छ जिल्लामा ५५ कर्मचारीले काम गरिरहेका छन् । सहकारीले तम्घासमा आफ्नै प्रशासनिक भवन बनाउँदैछ ।

    अमर कल्याण बहुउद्देशीय सहकारी संस्था लिमिटेडले कृषि र पशुपालनको क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ । विसं २०६२ मा स्थापना भएको यो सहकारीमा आठ सय शेयर सदस्य छन् । यसको कूल पूँजी रु पाँच करोड पुगेको व्यवस्थापक अञ्जु पन्थीले जानकारी दिनुभयो । महिला सामुदायिक सेवा केन्द्र खोलेर सेवा दिइरहेको सहकारीले बेसार तथा मसला प्रशोधन उद्योग, सुपथ पसल सञ्चालन र लैङ्गिक हिंसामा परेकालाई न्याय दिँदै आएको व्यवस्थापक पन्थीले बताउनुभयो ।

    स्थापनाकालको छोटो समयमै चार सय ५० शेयर सदस्य आबद्ध गराएको उज्यालो सहकारी संस्था लिमिटेडले पनि अहिले आफ्नो कूल पूँजी रु छ करोड पु¥याएको छ । विसं २०७५ मा स्थापना भएको सो सहकारीले कृषि उपजको सङ्कलन, बजारीकरण, ऋण प्रवाह र सहुलियत कर्जा लगायतका काम गरिरहेको व्यवस्थापक नवीन अर्यालले जानकारी दिनुभयो ।

    यी मात्र नभई जिल्लामा रहेका अधिकांश सहकारीले कृषि र पशुपालनको क्षेत्रमा काम गरिरहेका छन् । यसका अलावा सहकारीले बचत, ऋण प्रवाह र विभिन्न जनहितका काम पनि गरेका हुन् । जिल्ला सहकारी सङ्घ लिमिटेड गुल्मीको पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा दुई सय ५६ सहकारी संस्था छन् । जिल्लाको रेसुङ्गा नगरपालिकामा ४१, मुसिकोट नगरपालिकामा २०, इस्मा गाउँपालिकामा १६, मालिका गाउँपालिकामा २१, मदाने गाउँपालिकामा १३, धुर्कोट गाउँपालिकामा २७, गुल्मीदरबार गाउँपालिकामा २०, छत्रकोट गाउँपालिकामा २३, रुरुक्षेत्र गाउँपालिकामा २७, कालीगण्डकी गाउँपालिकामा १५, सत्यवती गाउँपालिकामा १९ र चन्द्रकोट गाउँपालिकामा १४ सहकारी रहेको जिल्ला सहकारी सङ्घ लिमिटेड गुल्मीका कार्यक्रम संयोजक प्रकाश पन्थीले जानकारी दिनुभयो ।

    जिल्ला सहकारी सङ्घमा सचिव युवराज आचार्यले गाउँगाउँमा स्थापना हुने सहकारीलाई एकताबद्ध गर्न गाह्रो भइहरहेको बताउनुभयो । “एउटै प्रकृतिका धेरै सहकारी स्थापना हुँदा उनीहरु एकताबद्ध नभएकाले चुनौती देखिएको छ”, उहाँ भन्नुहुन्छ, “कृषि र पशुपालनको क्षेत्रमा काम भएमा मात्र सहकारीको अर्थ रहन्छ ।” किसानका उपजलाई अधिकतम मूल्यमा खरिद गरेर बजारीकरणको ग्यारेन्टी गरेमा सहकारीले सफलता प्राप्त गर्ने सचिव आचार्यले बताउनुभयो । रासस

    शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय
    १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने
    साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार
    भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय
    सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह
    कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

    • २.
      १२ वर्षपछि हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दसैँलगत्तै ‘चार्ज’ गरिने

    • ३.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

    • ४.
      भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

    • ५.
      सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको छ: प्रधानमन्त्री बालेन्द्र शाह

    • ६.
      कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय पारित

    • ७.
      कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

    • ८.
      विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.