काठमाडौं, असोज १३ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गतेदेखि हुने भएकाे छ । दिउँसो २:०० बजे काठमाडौँको खुलामञ्चमा हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरबाट कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार महाधिवेशन अन्तर्गतका वडा, गाउँपालिका, नगरपालिका, प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू सम्पन्न भइरहेका छन्।
देशका विभिन्न भागमा परेको भारी वर्षा र त्यसबाट सिर्जित असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको केन्द्रीय निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिले जनाएका छन्। उक्त परिस्थितिलाई ध्यानमा राख्दै पार्टीले १५ औँ महाधिवेशनको उद्घाटन समारोह पूर्वनिर्धारित समय अनुसार असोज १८ गते खुलामञ्चमै सम्पन्न गर्ने निर्णय गरेको हो।




