• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

अझै रोकिएन बालविवाह


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • काभ्रेपलाञ्चोक २१ माघ 

    Advertisement

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए । बालिकाको परिवारले खोजतलासी गरी रामेछाप नगरपालिका–८ को बाल सञ्जालको उपस्थितिमा छलफलपछि विवाह बदर गरी आफन्तको जिम्मामा पठाइएकामा पुनः ललाइफकाई भुजेलले घर ल्याएर राखेपछि उजुरीका आधारमा उनलाई बिहीबार गिरफ्तार गरिएको छ ।

    बालिकाको आफन्तले यही माघ १४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिएपछि प्रहरीको सहयोगमा पीडित बालिकाको उद्धार गरिएको हो । भुजेललाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरी दिएको भोलिपल्ट पीडितको स्वास्थ्य परीक्षण गरी पुनः आफन्तको जिम्मामा रामेछापस्थित घर फर्काइएको छ ।

    पछिल्लो समय काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रअन्तर्गत महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिकस्तरका विद्यार्थीले कमउमेरमै विवाह गर्न थालेपछि गाउँस्तरमा चेतनामूलक अभियान नै थालिएको छ । विशेषगरी कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीले बालविवाह गर्ने गरेको विद्यालयका शिक्षक बताउँछन् । “गत शैक्षिकसत्रमा कक्षा १० मा ५० विद्यार्थी भर्ना भएकामा ४२ मात्रैले अन्तिम परीक्षा दिएका छन्, अनुपस्थित आठमध्ये स्थानीयस्तरमा अनुसन्धान गर्दा छ छात्रछात्राले विवाह गरेको पाइयो”, महाभारत गाउँपालिका शिक्षा समिति सदस्य एवं गोकुले माविका प्रधानाध्यापक पदमप्रसाद तिमल्सिनाले भन्नुभयो । उहाँका अनुसार केही वर्षदेखि नै यस्तो क्रम जारी रहेकाले गाउँपालिका, विद्यालय, आमा समूह, वडा कार्यालय तथा स्थानीय युवा क्लबमार्फत जनचेतनामूलक कार्यक्रम तथा र्याली र प्रदर्शन गर्दै आइएको छ ।

    महाभारतपारि अवस्थित तामाङ समुदायमा यस्तो घटना दोहोरिरहेको बताइन्छ । गाउँपालिकाले गत र चालु आर्थिक वर्षमा बालविवाह रोक्ने विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको अध्यक्ष कान्छालाल जिम्बा बताउनुहुन्छ । “हामी बालविवाहका घटना न्यूनीकरणमा लागेका छौँ, विगत वर्षमा भन्दा सङ्ख्यात्मक दरमा केही कम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार वडास्तरका सामाजिक अगुवालाई माध्यमिकस्तरका विद्यार्थीको घरघरमै गएर कम उमेरमा विवाह गर्दाको शारीरिक, मानसिक र आर्थिक असरबारे सम्झाउने अभियानसमेत गरिएको छ ।

    बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित खानीखोला गाउँपालिकाले गत केही महिनामा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ । बालविवाहलाई न्यूनीकरण गर्न गाउँपालिकाले तालिका बनाएर स्थानीय माध्यमिक विद्यालयमा सडक नाटक अभियान सञ्चालन गरेको हो । “बालविवाह एउटा ठूलो समस्या बनिरहेको अवस्थामा सडक नाटकमार्फत न्यूनीकरण गर्ने अभियान सञ्चालन गरेका छौँ, यसलाई पुनः निरन्तरता दिनुपर्ने देखिएको छ”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भन्नुभयो । उहाँका अनुसार अभियानलाई आवश्यकताअनुसार निरन्तरता दिन गाउँपालिकाले बजेट छुट्याएको छ ।

    गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि समस्याका रूपमा रहेकाले योजनाबद्धरूपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नाटकमा सानै उमेरमा विवाह गर्दा घरव्यवहार र शारीरिकरूपमा पर्ने समस्याबारे अभियानमा जानकारी दिने गरिएको छ ।” उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ ।

    जिल्ला प्रहरी कार्यालय प्रमुख भाग्यपुरुष ढकाल डाँडापारिका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताउनुभयो । उहाँले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गर्न आग्रह गरेको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरेका थिए । विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरूको ‘उमेर’ पुगेको थिएन । जिल्ला सदरमुकाम धुलिखेलकै उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटना एक अध्ययनले देखाएको थियो । अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बालविवाह’ गरेको शिक्षक नै बताउँछन् ।

    सो विद्यालयमा अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने कुनै निकायमा उजुरी परेको थिएन । बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बाल अवस्थामै विवाह हुने गरेको धुलिखेलकै एक सामाजिक संस्थाको अध्ययनले देखाएको थियो ।

    जिल्ला सदरमुकाम तथा बालमैत्री नगर घोषणा गरिएको स्थानमै बालविवाहजस्ता घटना भइरहँदा गम्भीर समस्या निम्तिँदै गएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बालविवाहविरुद्ध उजुरी नपरेसम्म चेतनामूलक अभियान र प्रचार–प्रसारबाहेक केही गर्न नसकिने बताउनुहुन्छ । “विशेषगरी स्थानीय तहले बालविवाहविरुद्धका गतिविधि सञ्चालन गर्नुपर्ने हो, हामीले उजुरी नआएको हकमा प्रहरीसँग मिलेर सचेतनाबाहेक केही गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।

    नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा रु ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० मै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै नेपाल सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरिसकेको छ ।

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.