काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पदभार ग्रहण गरेका छन् । विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएपछि उनी कार्यभार सम्हाल्न पहिलोपटक केन्द्रीय कार्यालय सानेपा पुगेर पदभार ग्रहण गरेका हुन् ।
सभापति गगन थापालाई भावी प्रधानमन्त्री पदका लागि प्रस्तावित उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।
पुस २७ देखि माघ १ सम्म आयोजित पार्टीको दोस्रो विशेष अधिवेशनले शेरबहादुर देउवा नेतृत्वको समितिलाई विघटन गरी थापालाई सर्वसम्मतिले अध्यक्षमा निर्वाचित गरेको थियो।




