• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • २. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ३. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ४. कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि समानान्तर वडा अधिवेशन सुरु

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

  • ७. साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

  • ८. प्रतिनिधि सभा बैठक, २०८३ असोज १५ गत (LIVE)

  • ९. कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको प्रतिवेदनमाथि छलफल

  • १०. सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

कांग्रेस महाधिवेशन : दिउँसो १ बजेदेखि मतदान, बिहानै लाइनमा नबस्न आग्रह


  •   बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज दिउँसो १ बजेदेखि मतदान हुने भएको छ। यसअघि बिहान ७ बजेका लागि तय गरिएको मतदान समय पटक–पटक सारिएपछि वर्षा तथा प्राविधिक कारणले दिउँसो १ बजेदेखि मतदान सुरु गर्न लागिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

    केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले संशोधित कार्यतालिकाअनुसार मतदान दिउँसोबाट सुरु हुने जानकारी दिए। समितिले महाधिवेशन प्रतिनिधिहरूलाई बिहानैदेखि मतदानस्थलमा लाइनमा नबस्न समेत आग्रह गरेको छ।

    महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।

    निर्वाचन व्यवस्थापनबारे छलफल गर्न निर्वाचन समितिले आज बिहान ११ः३० बजे सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा छलफल गर्ने जनाएको छ।

    प्रदेश र समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्र

    निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरेको छ।
    मतदान केन्द्र र प्रतिनिधि समूह :
    राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
    खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
    हिमाल हल — गण्डकी प्रदेश
    तराई–मधेस हल — मधेस प्रदेश
    पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि

    निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश वा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन।

    मतदानपछि मतगणना

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो।

    अब हुने मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। १५औँ महाधिवेशनबाट विधान संशोधन गरी कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाइएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने समितिले जनाएको छ।

    बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द सत्रबाट प्रतिवेदन पारित हुँदै, सभापति थापाले सम्बोधन गर्ने
    कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
    महामन्त्री विश्वप्रकाश शर्माद्वारा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता
    दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने
    कांग्रेस उपसभापतिमा समावेशी समूहबाट विनोद चौधरीको उम्मेदवारी
    निलम्बित एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न एआईजी अन्जनीकुमार पोखरेल जाँचबुझ अधिकृत नियुक्त

    लोकप्रिय

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • २.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ३.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि समानान्तर

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले

    भर्खरै

    • १.
      कांग्रेस महाधिवेशन : दिउँसो १ बजेदेखि मतदान, बिहानै लाइनमा नबस्न आग्रह

    • २.
      कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द सत्रबाट प्रतिवेदन पारित हुँदै, सभापति थापाले सम्बोधन गर्ने

    • ३.
      कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    • ४.
      दीपचन्द्र रेग्मी ग्लोबल आइएमई बैंकको डीसीईओमा नियुक्त

    • ५.
      महामन्त्री विश्वप्रकाश शर्माद्वारा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता

    • ६.
      दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

    • ७.
      पोखरामा ७२ वर्षीय वृद्धको हत्या: बियरको बोतल र कोदालो प्रहार गर्ने युवक पक्राउ

    • ८.
      कांग्रेस उपसभापतिमा समावेशी समूहबाट विनोद चौधरीको उम्मेदवारी

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.