• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. संघीय संसद्को बैठक बस्दै

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’


  •   मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
  • पोखरा१७ पुस

    Advertisement

    “खेतका फाँटहरुमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?” पोखरा महानगरपालिका–२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भन्नुभयो । “एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो । पहिला गाईवस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो, तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै किसिमका मल आए । अहिले खेती गर्दा कमिला मार्ने औषधि, पोटास के हो के हाल्नुपर्छ सबै विषाक्तको प्रयोगले माटो नै मरिसक्यो । अनि अग्र्यानिक स्वाद कहाँ पाउनु ।”

    कृषि सञ्जालका संयोजकसमेत रहनुभएका गुरुङले जेठोबुढोको बास्ना हराउनुमा वातावरण प्रतिकूलको असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) धानको बीउ नै प्रमुख कारण भएको बताउनुहुन्छ, “तत्कालीन समयमा किसानलाई रैथाने स्वाद र बास्नाभन्दा धेरै फल्ने धानको बीउ अनुदानमा दिइयो । रासायनिक मल प्रयोग गर्न प्रेरित गरियो, किसान उत्पादन बढेकामा खुशी माने तर यता बास्नादार रैथाने जातका धानको बीउ मासिँदै गयो ।”

    विषादीको प्रयोग बढे धानमात्र नभई स्थानीय तरकारी, फलफूलमा पनि उस्तै असर परेको उहाँको भनाइ छ । “किसानलाई सबैकुरा जानकारी नहुने भएकाले कृषि विज्ञहरुले यसको महत्व बुझाएर रैथाने बाली प्रवद्र्धनका कार्यक्रम ल्याउनु पथ्र्यो तर त्यो भएन”, गुरुङले भन्नुभयो, “बुझाउनेहरुले राम्रोसँग बुझाएनन्, उत्पादन बढ्छ भन्ने बहानामा उन्नत जातको धानको बीउ प्रयोग गर्न लगाउँदा र अनेक विषादीको प्रयोग गर्न सिकाउँदा रैथाने बालीहरु लोप हुँदै गए, योसँगै पहिले गुर्दी गुरुडा, ठिमाहालगायत धानहरु पनि विस्थापित हुँदै गए ।” अहिले महानगर, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) जस्ता संस्थाले रैथाने बाली प्रवद्र्धनको कार्यक्रम ल्याएर केही प्रवद्र्धनको पहल गरेको उहाँको भनाइ छ ।

    पोखरा–१३ का किसान टेकनाथ बराल पनि प्रतिकूल वातावरण, रासायनिक मलको प्रयोग साथै मूलको पानीको अभावले जेठोबुढो धानको बास्ना हराउँदै गएको बताउनुहुन्छ, “पहिला मूलको चिसो पानीबाट सिँचाइ हुन्थ्यो, गाईवस्तुको मलले नै खेती लगाउन पुग्थ्यो तर अहिले वातावरण बदलिएको छ, धानका बीउ पनि मासिन थाले, धेरै फल्ने धान लगाउन थाले”, बरालले भन्नुभयो । उहाँले आफूले जेठोबुढो प्रवद्र्धनका लागि लिबर्डको सहयोगमा सुधारिएको जेठोबुढो बीउ उत्पादन र बिक्री वितरण गरिरहेको बताउनुभयो ।

    जेठोबुढोको मागलाई ध्यानमा राखेर स्थानीय धानका जात संरक्षणमा जुटेको लि–बर्डले यो धान संरक्षणमा अगुवाइ गरेको सो संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेल बताउनुहुन्छ । “पोखरा आउने पाहुनादेखि देश–विदेशमा समेत माग हुँदै आएको स्वादिलो जेठोबुढोको भातको बास्ना पहिलाजस्तो नभए पनि यो धानलाई लोप हुनबाट जोगाउन केही पहल भने भएका छन्,” पौडेलले भन्नुभयो ।

    उहाँका अनुसार पोखरा आसपासका विभिन्न फाँटमा किसानले लगाएको जेठोबुढो धानमा एकरुपता थिएन । के कारणले विविधता आयो भन्ने विषयमा नेपाल कृषि अनुसन्धान परिषद् र लि–बर्डले तत्कालीन जिल्ला कृषि विकास कार्यालय मिलेर सातवटा फाँटबाट तीन सय ३८ वटा किसानबाट जेठोबुढो धानको नमूना सङ्कलन गरेर लगातार परीक्षण गरेको थियो । परीक्षणपछि सन् २००६ मा सुधारिएको पोखरेली जेठोबुढो नामाकरण गरियो । राष्ट्रिय स्तरबाट सूचीकृत नभए बिक्रीवितरण गर्न नपाइने भएकाले सूचीकृतपश्चात् यसको प्रवद्र्धनमा अझ बढी चासो दिइएको उहाँको भनाइ छ ।

    किसानको अनुभवमा बगिरहने चिसो पानीमा यसको गुणस्तर उच्च हुने भएको र पोखरा फेवाफाँटको जस्तो उत्पादन अन्तको फाँटमा नहुने उहाँको बुझाइ छ । पछिल्लो समय उन्नत जातले पेल्दै जाँदा र खेतीयोग्य जमिनमा चक्लाबन्दी हुन थालेपछि पनि यसको गुणस्तर ह्रास आएको उहाँ बताउनुहुन्छ ।

    लि–वर्डले जेठोबुढो स्रोत बीउ जिम्मेवारी लिएको छ । कृषि ज्ञान केन्द्र र पोखरा महानगरपालिकाले सिफारिस गरेका किसानलाई बीउ उत्पादनका लागि दिँदै यसको संरक्षण र उत्पादनमा पहल गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार गत वर्ष एक हजारदेखि १५ केजी बीउको बिक्रीवितरण हुने गरेको थियो । उत्पादनका हिसाबले कम फले पनि प्रतिक्विन्टल रु नौदेखि १० हजारमा बिक्रीवितरण हुने भएकाले किसानको चाहना अझै पनि जेठोबुढोमा रहेको छ ।

    महानगरपालिकाले जेठोबुढो धानको प्रवद्र्धनका कार्यक्रम ल्याएकाले यसको बास्ना हराए पनि लोप हुनबाट जोगाउने पहल भइरहेको बताउँदै पौडेल भन्नुहुन्छ, “यस धानका बारेमा अनुसन्धान गरेर अझै कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान जारी नै रहेको छ ।” पोखरा महानगरपालिकाले सुधारिएको पोखरेली जेठोबुढो पुरानो रैथाने जातको धानको २०६३ सालमा नेपाल सरकारले सूचीकृत ग¥यो । सुरुआततिर जेठोबुढो मात्रै भनेर भनिए पनि अहिले यो जातको धानलाई पोखरेली जेठोबुढोको भनेर चिनिन्छ ।

    पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया पनि मगमग बास्ना आउने, लामो सीता भएको र खाँदा नरम हुने जेठोबुढोको विभिन्न कारणले बास्ना हराउँदै गएको बताउनुहुन्छ । पौडेल भन्नुहुन्छ, “यो धानको पहिला बास्ना धेरै आउने गथ्र्यो, कम फले पनि मीठो बास्नासहित स्वादिलो थियो तर अहिले खेती गर्ने तौरतरिकामा फेरबदल, आयातित मलको प्रयोग, सिँचाइको अभावले यसको रैथाने स्वादमा प्रभाव पा¥यो ।”

    प्रमुख कडरियाका अनुसार जेठोबुढोमा एकरुपता नहुँदा तीन सबभन्दा बढी जातबाट छनौट गरेर छवटा जातलाई सम्मिश्रण गरेर एउटा जात बनाइएको थियो । यसभित्र बास्ना आउने, कम बास्ना आउने, उत्पादन बढी हुने र घटी हुने, कोही अग्लो, कोही होचो, कोही रोग पनि सहन सक्ने सबै पर्दछन् । चिसो पानीमा कहीँकतै अझै पनि बास्नादार जेठोबुढो फल्ने गरेको उहाँको भनाइ छ । उहाँले जेठोबुढोको महानगरपालिकाले ‘ब्रान्डिङ’ गरेर न्यूनतम समर्थन मूल्य तोकेपछि यसको महत्व झनै बढेको र अहिले पनि प्याकेजिङ र प्रशोधनमा सहयोग गर्न भनेर कार्यक्रम राखेको बताउनुभयो ।

    अहिले ११ हजार दुई सय हेक्टरमध्ये ४० प्रतिशत जमिनमा जेठोबुढो लगाउने गरिएको पाइन्छ । पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ । छ सयदेखि नौ सय मिटरसम्मको उचाइमा खेती हुने यो धान प्रतिरोपनी तीन मुरीसम्म फल्ने गर्दछ । पोखरा र आसपासका किसानले परापूर्वदेखि लगाउँदै आएको यो धानमा व्यापक अनुसन्धानको खाँचो रहेको कडरिया बताउनुहुन्छ ।

    तत्कालीन नगरप्रमुख मानबहादुर जिसीको कार्यकालमा पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममार्फत पोखरेली जेठोबुढो धानको ब्रान्डिङ गर्ने घोषणा गरेको थियो भने जेठोबुढो धान रोप्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिने गरेको थियो । योसँगै जेठोबुढो धानको न्यूनतम मूल्य तोकेर महानगरले यो अभियानलाई व्यवहारमा उतारेको कडरियाले बताउनुभयो । अहिले महानगरले एक क्विन्टल जेठोबुढो धानको मूल्य नौ हजार पाँच सय तोकेको छभने केजी रु ९५ तोकिएको छ ।

    कडरियाका अनुसार पोखरेली ब्रान्ड जेठोबुढो उत्पादनमा किसानलाई आकर्षित गर्ने साथै यो जातको धानलाई जोगाइराख्ने हिसाबले धानको मूल्य निर्धारण गरिएको र व्यावसायिक हिसाबमै जेठोबुढो उत्पादन गर्न किसानलाई प्रोत्साहितसमेत गर्दै आएको बताउनुभयो । पोखरा महमानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ५० प्रतिशत अनुदानमा नौ टन जति जेठोबुढोको धानको बीउ वितरण गरेको छ । जेठोबुढोको निकै विविधता भएकाले यसलाई कृषि अनुसन्धान विधिबाटै बास्ना आउने धानको बीउमात्र छुटाएर लगाउन सके यसको बास्ना कायम गर्न सकिने बताइएको छ ।

    कृषि ज्ञान केन्द्र गण्डकी प्रदेशका प्रमुख किरण सिग्देलले पोखराको क्षेत्रमा प्रचलित जेठोबुढो सर्वत्र रुचाइएको भए पनि अहिले बास्ना हराएको गुनासो सर्वत्र आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बास्ना घटे पनि यसको उत्तिकै माग भएको र खाद्यान्न प्रवद्र्धन आयोजनाबाट आएका किसानलाई छनौट गरेर जेठोबुढो बीए उत्पादनका लागि पनि पहल गर्दै आएका छौँ ।” उहाँले जेठोबुढोको बारेमा औपचारिक रुपमै कृषि प्रणालीमार्फत अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो ।

    आयातित रासायनिक मलको प्रभावले जेठोबुढोको बास्न हराएको हुनसक्ने विज्ञहरुको भनाइ छ । ऋषि कृषि खोज पाठशालाका अध्यक्ष रामचन्द्र बराल पनि जेठोबुढो स्वाद निकै मीठो भएर काँचै खाँदा पनि स्वाद आउने गरेकामा अहिले त्यसको स्वाद हराउँदै गएको बताउनुहुन्छ । उहाँका अनुसार रासायनिक मलको प्रयोगले क्रमशः माटोमा अम्लियपन ल्याई बालीको गुण बिगार्नाका साथै विभिन्न नयाँ नयाँ रोगहरु देखिन थालेको हो । आयातित बीउलाई प्राथमिकता दिँदा रैथाने बीउ मासिँदै गएको र यसको असर जेठोबुढो धानमा पनि परेको उहाँको भनाइ छ ।

    मङ्गलबार, पुष १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा
    बागलुङमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
    गगन थापाको राजनीतिक प्रतिवेदनमा २९ प्रस्ताव, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति
    कांग्रेस महाधिवेशनः कहाँ–कहाँ हुँदैछ मतदान? यस्तो छ निर्वाचन तालिका
    कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक, नेताहरू खुलामञ्चमा
    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा

    • २.
      बागलुङमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

    • ३.
      गगन थापाको राजनीतिक प्रतिवेदनमा २९ प्रस्ताव, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति

    • ४.
      कांग्रेस महाधिवेशनः कहाँ–कहाँ हुँदैछ मतदान? यस्तो छ निर्वाचन तालिका

    • ५.
      कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक, नेताहरू खुलामञ्चमा

    • ६.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • ७.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ८.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.