काठमाडौँ, ५ मंसिर ।
देशभरबाट १६५ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार १० ठाउँमा नेकपा एमालेले अग्रता कायम गरेको छ । ५ ठाउँमा अगाडि रहेको नेपाली काँग्रेसले मुस्ताङको एकमात्र निर्वाचन क्षेत्रबाट जीत निकालेको छ ।
सोमबार दिउँसो २ः३० बजेसम्म प्राप्त जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५ ठाउँमा मतगणनामा अग्रता कायम गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ र जनमत पार्टीले २ ठाउँमा अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्र १, नेपाल उन्मुक्ति पार्टी १ र अन्य १ ठाउँमा मतगणनामा अगाडि देखिएका छन् ।




