काठमाडौँ, ५ मंसिर ।
देशभरबाट १६५ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार १५ ठाउँमा अगाडि रहेको नेपाली काँग्रेसले मुस्ताङको एकमात्र निर्वाचन क्षेत्रबाट जीत निकालेको छ । नेकपा एमालेले १३ ठाउँमा अग्रता कायम गरेको छ ।
सोमबार दिउँसो ४ः४० बजेसम्म प्राप्त जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ६ ठाउँमा मतगणनामा अग्रता कायम गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ र जनमत पार्टीले ३ ठाउँमा अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्र २, नेपाल उन्मुक्ति पार्टी २ र अन्य ५ ठाउँमा मतगणनामा अगाडि देखिएका छन् ।




