काठमाडौँ, ६ मंसिर ।
देशभरबाट १६५ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार ४४ ठाउँमा अगाडि रहेको नेपाली काँग्रेसले ४ वटा निर्वाचन क्षेत्रमा जीत निकालेको छ । नेकपा एमालेले ३९ ठाउँमा अग्रता कायम राख्दै एक ठाउँमा जीत दर्ता गरेको छ ।
मंगलबार बिहान ११ः४० बजेसम्म प्राप्त जानकारीअनुसार नेकपा माओवादी केन्द्रले १४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ ठाउँमा मतगणनामा अग्रता कायम गरेका छन् । नेकपा एकीकृत समाजवादीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ र नेपाल उन्मुक्ति पार्टीले ४ ठाउँमा अग्रता लिएका छन् । अन्य पार्टीहरु १६ ठाउँमा मतगणनामा अगाडि देखिएका छन् ।




