चितवन ६ मंसिर
चितवन २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकाको मतगणनापछि लामिछानेले पोखरेललाई १२८ मतले पछि पारेका हुन् ।
लामिछानेले ४,००७ मत ल्याउँदा पोखरेलले ३,८७९ मत ल्याएका छन् । ग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ३,४१० मतसहित तेस्रो स्थानमा छन् । मतगणनाको सुरुवाती चरणमा लामिछाने तेस्रो स्थानमा थिए । अग्रस्थानमा रहेका पोखरेललाई श्रेष्ठले पछ्याइरहेका थिए ।




