• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

हारेकै ठाउँबाट जितेका रामचन्द्र पौडेलको राजनीतिक यात्रा


  •   बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित
  • तनहुँ, ८ मंसिर ।

    Advertisement

    परिचित प्रतिद्वन्द्वी पार्टी नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, तनहुँ–१ बाट निर्वाचित भएका छन् ।

    पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर जित्दा राना १९ हजार ९४३ मतमा सीमित भए । कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवार बनेर ६ हजार ८७८ मत पाए ।

    यो जितसँगै छैटौंपटक निर्वाचित हुने थोरै नेताको संख्यामा पौडेल परेका छन् । पौडेल भन्दा धेरै जित्नेमा कांग्रेसकै सभापति शेरबहादुर देउवा ९सातौं पटक० छन् । ०४८ यताका सबै चुनाव जितेर देउवा चाहिँ कीर्तिमानी नेता बनिसकेका छन् । पौडेलले भने अघिल्लो चुनाव हारेकाले देउवासँग पछि परे । तत्कालीन एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ ९किसान० सँगको त्यो हारले पौडेलको संसदीय यात्रामा मात्रै नभएर राजनीतिक करिअरकै ठूलो क्षति थियो ।

    त्यसबेला संस्थापन इतर समूहको नेतृत्व गरिरहेका पौडेलले आफूसँगै तनहुँमा कोही कांग्रेसलाई जिताउन सकेनन् । त्यसको असर बितेको संसदीय कार्यकालभर ९०७४–०७९० पौडेलले खेप्नुपर्‍यो । जबकी ७८ वर्षीय पौडेलका निम्ति उमेरकै कारणले पनि यो कार्यकाल बढी अर्थपूर्ण थियो । तर पहिलोपटक सांसद बन्नबाट पौडेल रोकिँदा कांग्रेसले सरकारकै नेतृत्व गर्ने अवसर पाउँदा पनि देउवा पाँचौंपटक प्रधानमन्त्री भए ।

    फेरि लयमा

    रामचन्द्र पौडेलको राजनीति लगातार ओरालो लाग्न थालेको भने आफैं कार्यबाहक सभापति भएर गराएको कांग्रेसको १३औं महाधिवेशनमा देउवासँग सभापति पदमा पराजित भएपछि हो । गएको वर्ष मंसिर अन्तिम साता सम्पन्न १४औं महाधिवेशनमा त उनी सभापतिको उम्मेदवार समेत भएनन् । आफ्नै समूहमा रहेका डा। शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछोडेपछि पौडेल सभापतिको उम्मेदवार नै भएनन् । जबकी त्यसैबेला पनि मुलुकको राजनीतिक कोर्स र पार्टी यात्रा पौडेलकै लाइनमा बढिरहेको थियो । चुनाव हारेर पनि कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गर्ने राजनीतिक समीकरण निर्माणको वकालत गर्नेमा पौडेल अग्रपंक्तिमा थिए । देउवा भने प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको निर्णयमा खुलेर उभिएका थिए । पौडेलले भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग वार्तामा बसे, प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्ने मागसहित संघर्षमा होमिए ।

    नभन्दै प्रतिनिधिसभा पुनर्स्थापना भयो । संसद पूरा कार्यकाल चल्यो । तर पुनर्स्थापित संसदमा सरकारको नेतृत्व गर्ने योग्यता ०७४ को चुनावी पराजयसँगै पौडेलले गुमाएका थिए । तथापि उनी गठबन्धनकै पक्षमा उभिए । गठबन्धन तोडिए फेरि कम्युनिष्टहरू मिलेर कांग्रेस हराउँछन् भन्ने उनको प्रष्ट निष्कर्ष थियो ।

    राजनीतिक भागबण्डाका कारण गठबन्धनका दलहरुबीच खटपट हुँदा पनि पौडेल मिलाउनै पक्षमा उभिए । तर तिनै पौडेललाई तनहुँको भागबण्डा मिलाउन सजिलो थिएन । कृष्णप्रसाद सिटौलाको साथ पाएर पार्टी महामन्त्री पदको उम्मेदवार बनेका प्रदीप पौडेल प्रतिनिधिसभा टिककै सशक्त दावेदार थिए । शंकर भण्डारी र गोविन्दराज भट्टराई स्वभाविक दावेदार भए ।

    पार्टी बाहिर ०७४ मा आफैंलाई हराउने कृष्णकुमार श्रेष्ठ किसानको व्यवस्थापन पनि गर्नुथियो । उम्मेदवारी दर्ता हुने अन्तिम समयमा सबै संकट हल गर्न पौडेल सफल भए । प्रदीप पौडेललाई काठमाडौं–५ र किसानलाई बारा–४ पठाउन सफल भए । शंकर भण्डारीलाई तनहुँ–२ को टिकट दिलाएर आफू तनहुँ–१ बाट उम्मेदवार बने । गोविन्दराज भट्टराईलाई मनाउन पौडेलले राष्ट्रियसभा सदस्यको टिकट र कांग्रेस कोषाध्यक्षको बचन दिए । यो बचनपछि बागी उम्मेदवारी दिने तयारीमा रहेका भट्टराई पछि हटे ।

    यति गर्दा पनि पौडेलको यात्रामा अर्को अवरोध बाँकी थियो, गोविन्दराज जोशी फ्याक्टर । जोशीतर्फको मत तान्न उनी निकट चिनु पोखरेललाई पौडेलले प्रदेशसभा समानुपातिक सांसदको बाचा गरे । चिनुको नाम समानुपातिकको बन्द सूचीमा राखे । त्यसपछि भने पौडेलले जोशीलाई उम्मेदवार हुन रोकेनन् ।

    भ्रष्टाचार अभियोगको सजाय खेपेका पूर्वमन्त्री जोशीको उम्मेदवारी ०७४ मा पौडेल निकट नेताहरुको निवेदनबाट खारेज भएको थियो । तर त्यसको लाभ एमालेले उठाएको बुझाइकै कारण यसपटक उनले जोशीलाई मैदानमा आउन रोकेनन् । ‘उम्मेदवारी फिर्ता गर्ने समयसम्म हामीले उजुरी गर्नेबारे सोंच राखेका थियौं, तर त्रिपक्षीय भिडन्त हुँदा फाइदा हुने भएपछि उजुरी नगर्ने निर्णयमा पुग्यौं’ कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल भन्छन् ।

    कांग्रेसको त्यो रणनीतिक निर्णय सफल पनि भयो । जोशीले पाएको मत एमालेमा गएको भए यसपटक पनि पौडेलले जित्न नसक्ने रहेछन् । उनले आफू जित्न अरुलाई अन्यत्र पठाएको दोष पनि खेल्नु नपर्ने भएको छ । किनकि सबैले जिते । तनहुँ–२ का शंकर भण्डारी, बारा–४ गएका किसान र काठमाडौं–५ आएका प्रदीपले त जिते नै, प्रदेशसभा सदस्यमा पनि कांग्रेस उम्मेदवार हारेनन् ।

    तनहुँ–१ ९क० बाट प्रदेससभा सदस्यमा अशोककुमार श्रेष्ठ र तनहुँ–२ ९ख० बाट जितप्रकाश श्रेष्ठले जिते । जितप्रकाश कांग्रेस जिल्ला सभापति हुन् । ०७४ मा तनहुँका सबै चुनाव हारेको कांग्रेसका सबै उम्मेदवारले यसपटक जिते । नसकेको भने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका उम्मेदवार जिताउनु हो । ०७४ मा माओवादी केन्द्रको भागमा परेको दुई वटा प्रदेशसभा सदस्यको टिकट यसपलि पनि पाएको थियो । त्यसमध्ये एकमा एमाले विजयी भयो ।

    प्रधानमन्त्रीमा दाबी गर्लान् ?

    सत्ता गठबन्धनको निर्वाचन परिचालन समितिको कमाण्डर नै पौडेल भएकाले आफूसहित गठबन्धनका उम्मेदवार जिताउनु उनको दायित्व थियो । पौडेल नेतृत्वको परिचालनबाट गठबन्धनले पाएको सफलता अन्तिम मत परिणामले देखाउनेछ ।

    तर चुनाव जितेर पौडेलले सरकारको नेतृत्वमा दावी गर्ने पृष्ठभूमि तयार पारेका छन् । चुनावी अभियानकै क्रममा तनहुँ पुगेर सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पौडेलले सरकारकै नेतृत्व गर्ने संभावना रहेको सार्वजनिक मन्तव्य दिएका थिए ।

    विगत हेर्दा पनि पौडेल प्रधानमन्त्रीका दावेदार मात्रै नभएर धेरैपटक निवेदन दिएर चर्चाकै पात्र बनेका थिए । ०६४ सालको पहिलो संविधानसभामै पौडेल दलका नेता बनेका थिए । सुशील कोइराला बाँकेबाट पराजित हुँदा तनहुँ–२ बाट चुनाव जितेका पौडेललाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलका नेता बनाएका थिए । अन्तरिम सरकारका प्रधानमन्त्री गिरिजाले त्यो चुनावमा समानुपातिकमा बसे, फेरि नेतृत्वको दाबी गरेनन् ।

    संविधानसभाको चुनावपछि सरकार प्रचण्डको नेतृत्वमा बन्यो । तर प्रचण्डले ९ महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिए । प्रचण्डपछि एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री भए । माधवको राजीनामापछि नयाँ सरकारको खोजीमा कांग्रेस दलका नेताका रुपमा रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा दाबी गरे । प्रचण्डविरुद्ध पौडेलले गरेको दाबीमा एमाले तटस्थ बस्दा प्रधानमन्त्रीका लागि बहुमत पुगेन । पौडेल १७ पटकसम्म प्रधानमन्त्रीका उम्मेदवार भए ।

    ०७० को चुनावमा भने सुशील कोइरालाले चुनाव जिते, गिरिजापछि पार्टी सभापति जितेका सुशील नै प्रधानमन्त्री भए । सुशीलको निधनपछि पौडेल कार्यबाहक सभापति भए । तर १३औं महाधिवेशनमा पौडेललाई हराउँदै देउवाले पार्टी सभापति जिते, दलको नेतामा प्रकाशमान सिंहलाई हराए । देउवा अहिले प्रधानमन्त्री छन् ।

    अर्थात् कांग्रेसका संस्थापक नेताहरुले नै भावी नेतृत्वका रुपमा आरएसएस ९रामचन्द्र, शैलेजा र शेरबहादुर० भनेर चिनाएका पौडेल कार्यबाहक भन्दा माथि जान सकेका छैनन् । जबकी २०४८ मै स्थानीय विकास तथा कृषि मन्त्री भएका पौडेलले २०५१ मा सभामुख भएर कांग्रेस र मुलुककै नेतृत्व गर्ने संकेत दिएका थिए । तर नेतृत्व दाबीमा लगातार असफल भइरहेका पौडेलसामू फेरि अनुकुल राष्ट्रिय राजनीतिक कोर्ससँगै जनमोदन समेत प्राप्त भएको छ । स्वयम् पौडेलले पनि खुलेर आफ्नो सपना सुनाउने गरेका छन् । गएको भदौमा दमौलीमा आयोजित सभाबाटै पौडेलले भनेका थिए, ‘अघिल्लो चुनावमा जहाँबाट हारें, त्यहींबाट जितेर मात्र मर्न चाहन्छु ।’ (अनलाइन खबरबाट)

    बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.