• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

को बन्ला अबको प्रधानमन्त्री ? रामचन्द्र पौडेलको सम्भावना कति ?


  •   शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
  • आमनिर्वाचनको मतगणना र नतिजा आउने क्रम सकिएको छैन । मतगणना सकिएर अन्तिम नतिजा आउन केही दिन अझै लाग्ने देखिन्छ । तर अहिलेसम्मको नतिजाले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई बनाएकोले आगामी सरकार नेपाली काँग्रेसकै नेतृत्वमा बन्ने देखिन्छ । काँग्रेसले एकल बहुमत नल्याएपनि सत्ता गठबन्धनका दलहरु मिल्दा झिनो बहुमत पुग्ने सम्भावना जीवितै छ ।

    Advertisement

    संघीय संसदको पहिलो दलको हैसियतले नयाँ सरकार बनाउने जिम्मेवारी सबैभन्दा पहिला नेपाली काँग्रेसले नै पाउने छ । काँग्रेसको नेतृत्वमा मिलिजुली सरकार बन्ने करिबकरिब निश्चित छ । निश्चित नभएको चाहिँ अबको प्रधानमन्त्री को ? भन्ने नै हो । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसम्म, युवा नेता गगन थापादेखि पाका नेता डा. शेखर कोइरालासम्म भावी प्रधानमन्त्रीको रुपमा चर्चा चलाइएका नाम हुन् । यी नाममध्ये वरिष्ठ नेताको हिसाबले सबैभन्दा बढी सम्भावना पौडेलकै देखिन्छ ।

    नेकपा एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसका वरिष्ठ नेता पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै छैटौंपटक निर्वाचित हुने थोरै नेताको संख्यामा पौडेल परेका छन् । यो जितसँगै काँग्रेसका वरिष्ठ नेता पौडेल प्रधानमन्त्रीको दौडमा सामेल भएका छन् । काँग्रेसी नेता तथा कार्यकर्ताले पौडेललाई भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् ।

    चुनाव जितेर पौडेलले सरकारको नेतृत्वमा दावी गर्ने पृष्ठभूमि तयार पारेका छन् । चुनावी अभियानकै क्रममा तनहुँ पुगेर सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पौडेलले सरकारकै नेतृत्व गर्ने सम्भावना रहेको सार्वजनिक मन्तव्य दिएका थिए । यसले पनि पौडेललाई प्रधानमन्त्रीमा दावा गर्ने वातावरण बनाएको छ ।

    पटकपटक प्रधानमन्त्रीको उम्मेदवार

    विगत हेर्दा पनि पौडेल प्रधानमन्त्रीका दावेदार मात्रै नभएर धेरैपटक निवेदन दिएर चर्चाकै पात्र बनेका थिए । २०६४ सालको पहिलो संविधानसभामै पौडेल दलका नेता बनेका थिए । सुशील कोइराला बाँकेबाट पराजित हुँदा तनहुँ–२ बाट चुनाव जितेका पौडेललाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलका नेता बनाएका थिए ।

    संविधानसभाको चुनावपछि सरकार प्रचण्डको नेतृत्वमा बन्यो । तर प्रचण्डले ९ महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिए । प्रचण्डपछि एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री भए । माधवको राजीनामापछि नयाँ सरकारको खोजीमा कांग्रेस संसदीय दलको नेताका रुपमा पौडेलले प्रधानमन्त्रीमा दाबी गरे । प्रचण्डविरुद्ध पौडेलले गरेको दाबीमा एमाले तटस्थ बस्दा प्रधानमन्त्रीका लागि बहुमत पुगेन । पौडेल १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार भए । अहिले उनै प्रचण्डले भावी प्रधानमन्त्रीका रुपमा पौडेललाई अघि सार्दै सार्वजनिक मन्तव्य दिइनु अर्थपूर्ण छ ।

    २०७० सालको चुनावमा भने सुशील कोइरालाले चुनाव जिते, गिरिजापछि पार्टी सभापति जितेका सुशील नै प्रधानमन्त्री भए । सुशीलको निधनपछि पौडेल कार्यवाहक सभापति भए । तर १३औं महाधिवेशनमा पौडेललाई हराउँदै देउवाले पार्टी सभापति जिते, दलको नेतामा प्रकाशमान सिंहलाई हराए । देउवा अहिले प्रधानमन्त्री छन् । अबको प्रधानमन्त्री देउवा हुने सम्भावना निकै कम छ ।

    पौडेल प्रधानमन्त्री बन्ने आधार

    पटकपटक प्रधानमन्त्री बनिसकेका देउवाको विकल्पमा पौडेल नै उत्तम उम्मेदवार हुन् प्रधानमन्त्रीका लागि । के वरिष्ठ नेता पौडेल प्रधानमन्त्री बन्ने आधार तयार भएको छ त ? तयार भएको छ भने केके हुन् ती आधार ?

    हो, अबको प्रधानमन्त्री रामचन्द्र पौडेल बन्ने केही आधार तयार भएका छन् । पहिलो आधार भनेको अहिलेको चुनावी गठबन्धनको सूत्रधार भएकोले पौडेलको दाबी स्वाभाविक छ । उनी गठबन्धनमा सामेल दलका नेताहरु प्रचण्ड र माधवकुमार नेपालको पहिलो रोजाई हुन् । अर्कोतिर पार्टीभित्र सन्तुलन मिलाउने हिसाबले शेखर कोइराला समूहको लागि पनि देउवाको विकल्प पौडेल नै हुन् ।

    बेदागी, निष्ठावान, समाजवादी नेता भएकोले अहिलेको राजनीतिक वितृष्णालाई मलहम हुने पात्र हुन् पौडेल । प्रधानमन्त्रीमै चर्चा गरिएका गगन थापालाई पहिलोपटक गिरिजासँग झगडा गरेर पौडेलले नै सांसद बनाएकोले त्यो गुन थापाले तिर्ने चर्चा चलेको छ । सात दशकको राजनीतिक जीवन र १४ वर्ष जेल बसेको विगतले पनि पौडेललाई एक पटक मुलुकको कार्यकारी बनाउने सम्भावना धेरै देखिन्छ ।

    नेतृत्व दाबीमा लगातार असफल भइरहेका पौडेलसामू फेरि अनुकुल राष्ट्रिय राजनीतिक कोर्ससँगै जनअनुमोदन समेत प्राप्त भएको छ । स्वयं पौडेलले पनि खुलेर यसपटक प्रधानमन्त्री बन्ने आफ्नो सपना सुनाउने गरेका छन् । यसैको तयारीका लागि चुनाव जिते लगत्तै पौडेल राजधानी पुगेका छन् । अब हेर्नु छ, पौडेलको राजनीतिक यात्राले कुन मोड पाउने छ ?

    शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.