काठमाडौँ, ११ मंसिर ।
देशभरबाट १६५ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार १५६ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म ३ ठाउँमा अगाडि रहेको नेपाली काँग्रेसले ५३ वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ । नेकपा एमालेले २ ठाउँमा अग्रता कायम राख्दै ४१ ठाउँमा जित दर्ता गरेको छ ।
आइतबार बिहान ११ः४५ बजेसम्म प्राप्त जानकारीअनुसार नेकपा माओवादी केन्द्रले १७ ठाउँमा जित दर्ता गरेको छ । नेकपा एकीकृत समाजवादीले १० ठाउँमा जित दर्ता गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ ठाउँमा जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ७ ठाउँबाट जित दर्ता गराएको छ ।
जनता समाजवादी पार्टीले १ ठाउँमा अग्रता कायम राख्दै ६ ठाउँबाट जित दर्ता गराएको छ । लोकतान्त्रिक समाजवादीले पार्टी ४ ठाउँबाट जित दर्ता गराएको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँबाट जित दर्ता गराएको छ । स्वतन्त्रसहित अन्यले ८ ठाउँमा जित निकालेका छन् ।
यस्तो छ समानुपातिक मतगणना परिणाम
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै २३ लाख ०४ हजार ४४९ मत ल्याएको छ । नेपाली काँग्रेसले २२ लाख ७ हजार ५२७ मत ल्याएको छ । समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले ९ लाख ६६ हजार ३०४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २३ हजार ९६५ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ९८ मत ल्याउँदा जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ७५९ मत ल्याएको छ । नेकपा एकीकृत समाजवादीले २ लाख २१ हजार २८१ मत पाएको छ । नागरिक उत्थान पार्टीले १ लाख ९८ हजार ४८१ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १९ हजार ६७७ मत पाएका छन् ।




