• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

लिटिल फ्लावर स्कुल नारायणगढले सांस्कृतिक कार्यक्रम सहित मनायो बार्षिकोत्सव


  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
  • पुष २,चितवन । लिटिल फ्लावर स्कुल नारायणगढले विभिन्न कार्यक्रम गरी आफ्नो बार्षिकोत्सव मनाएको छ । स्कुलले स्थापनाको २८ बर्ष पुरा गरेको अवसरमा मंसिर २९ र पुष १ गते सांस्कृतिक तथा रचनात्मक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो । विगतका बर्ष जस्तै बार्षिकोत्सवलाई निरन्तरता दिंँदै केही फरक किसिमले कार्यक्रम गरिएको स्कुलले जानकारी दिएको छ ।

    Advertisement

    बार्षिकोत्सवमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई विद्यार्थी, शिक्षक तथा अभिभावक बीच सद्भाव एवं भाईचाराको सम्बन्ध एवं स्कुलका विषयमा थप जानकारी हुने स्कुलका जनसम्पर्क अधिकृत गोविन्द पौडेलले जानकारी दिनुभयो । ‘यो हाम्रो नियमित कार्यक्रमको साथसाथै यसले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलाप एवं आफ्नो क्षमता बृद्धि गर्न पनि मदत पुरयाउंँछ, पौडेलले भन्नुभयो , अर्कोकुरा अभिभावक ,शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई पनि प्रगाढ बनाउंँछ ।’ दुईदिनसम्म चलेको कार्यक्रममा पहिलो दिन ४ सम्मका विद्यार्थीका अभिभावकलाई निमन्त्रणा गरिएको थियो भने दोस्रो दिन ५ कक्षा देखि माथिका कक्षाका अभिभावक सहभागी हुनु भएको थियो ।
    कार्यक्रममा विद्यार्थीद्धारा आधुनिक तथा विभिन्न जातजातिका भेषभुषा सहितका नृत्य तथा प्रस्तुती दिईएको थियो । साथै विभिन्न रचनात्मक, सिर्जनात्मक प्रस्तुतीलाई समेत समावेश गरिएको थियो । सो अवसरमा पछिल्लो समय विद्यार्थीमा इन्टरनेट र ग्याजेटको दुरुपयोगबाट निम्तिने खतरा र यसमा अभिभावकले गर्नुपर्ने दायित्व र भुमिका बारे सचेतना दिईएको थियो ।
    कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि लिटिल फ्लावर स्कुलका गोरखपुर प्रान्तका प्रमुख फादर सबु र दोस्रो दिन भरतपुर महानगरपालिका शिक्षा महाशाखा अधिकृत ऋषिराम शर्मा रहनु भएको थियो ।
    विशिष्ठ अतिथिमा चुननारायण श्रेष्ठ, र भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विकास थापा रहनु भएको थियो । कार्यक्रमको अध्यक्षता स्कुलका संस्थापक सदस्य समाजसेवी प्रेमकुमार श्रेष्ठले गर्नु भएको थियो ।

    प्रमुख अतिथि फादर सबुले स्कुलले झण्डै तीन दशकको अवधिमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहांँले स्कुलको गुणस्तरीय शिक्षामा बृद्धि गर्न आफूले जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
    अर्का प्रमुख अतिथि भरतपुर महानगर शैक्षिक महाशाखा अधिकृत शर्माले अबको शिक्षा प्रविधिमैत्री, सूचना मैत्री हुनु पर्नेमा जोड दिनुभयो । सूचना प्रविधिको विकास संँगै शिक्षा र सिकाईलाई परिमार्जित गर्दै रोजगारी मुलक बनाउनु पर्ने उहांँले बताउनु भयो । भरतपुर महानगरपालिकाका विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धि गर्नेमा आफूले सक्दो सहयोग गर्ने उहांँको भनाई थियो ।

    कार्यक्रमका अध्यक्ष प्रेमकुमार श्रेष्ठले विगत २८ बर्ष अघि स्थापना भएको यो स्कुलले पूर्वाधार र शिक्षाका गुणस्तरीय ठूलो फड्को मारेको बताउनु भयो । उहांँ लिटिल फ्लावर स्कुल चितवनकै नमुना स्कुल भएको बताउंँदै यस स्कुलप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढेको बताउनु भयो । आफूले संरक्षण र सहयोग गर्दै आएको भन्दै स्कुलको प्रगति प्रति आफूलाई गर्व महसुस भएको उहांँको भनाई थियो ।

    विशेष अतिथि चुननारायण श्रेष्ठले शिक्षा विना देशका कुनैपनि क्षेत्रको विस्तार र विकास नहुने भन्दै गुणस्तरीय शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कोरोनाको समयमा पनि स्कुलले आफ्नो दायित्व र धर्मलाई नबिर्सी नियमित कक्षा सञ्चालनको साथै राहतका कार्यक्रमलाई समेत सगैं लगी संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको उहांँले बताउनु भयो ।

    वडा अध्यक्ष थापाले आफ्नो वडामा चितवनकै ठूलो र गुणस्तरीय स्कुल स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । उहांँले शिक्षाको गुणस्तरमा थप वृद्धि गर्दै सबै वर्ग, क्षेत्रका विद्यार्थीहरुले पनि अध्ययन अध्यापनका लागि स्कुलले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

    स्कुलका प्रिन्सिपल फादर रोवी क्युले विद्यालयले विगतका बर्षहरुमा पनि यस्तै रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी बार्षिकोत्सव मनाउंँदै आएको जानकारी दिनुभयो । स्कुलले अतिरिक्त क्रियाकलाप र समाजसेवालाई समेत प्राथमिकतामा राखी अन्तरस्कुल नृत्य प्रतियोगिता , विभिन्न खेल तथा विज्ञान प्रतियोगिता गर्दै आएको जानकारी दिनुभयो । सबैको साथ र सहयोगले स्कुल यो अवस्थामा आउन सफल भएको उहांँको भनाई थियो ।

    स्कुलका भाईस प्रिन्सिपल फादर मम्जुसले बार्षिकोत्सव सफल बनाउन मदत गर्ने विद्यार्थी, शिक्षक ,कर्मचारी, अभिभावक तथा अन्य सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
    स्कुलमा हाल दश दुई जोड समेत गरी २हजार ४सय बढी विद्यार्थी अध्ययनरत छन ।

    शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.