काठमाडौँ ४ पुस
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन भएका छन् ।
बुढानिलकण्ठस्थित होटल पबेरा हेरिटेजमा आज बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
निर्वाचन आयोगले आइतवार समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र दिएपछि आज संसदीय दलको बैठक बसेको थियो ।संसद्को चौथो ठूलो दल बनेको रास्वपाका २० सांसद छन् ।




