दोहा, ४ पुस ।
मंसिर ४ गतेबाट कतारमा एक महिनासम्म चलेको भब्य प्रतियोगितामा विश्वको उत्कृष्ट ३२ टिमहरू सहभागी थियो । विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गरेको कतार र छनोट भएर आएका ३१ राष्ट्रले विभिन्न ६४ खेल खेलेका थिए । विश्वकपको विजेतासँगै विश्वकपमा सहभागी सबै टिमले नगद पुरस्कार पाएका छन् ।
विश्वकप विजेता अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी पाएको छ । जसको मूल्य २० मिलियन अमेरिकन डलर बराबरको भएको बताइएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो र ६.१ किलोग्राम तौलको छ ।
विश्वकपमा यो वर्ष ४४० मिलियन डलर छुट्टाइएको थियो । कतार विश्वकप फुटबल प्रतियोगितामा सहभागी ३२ देशमध्ये कसले कति रकम पाए त ? नेपाली रकमसहित पुरस्कार राशी यहाँ बुँदागतरुपमा उल्लेख गरिएको छ ।
फाइनलमा पुग्ने टिम
अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर (५ अर्ब ५७ करोड ९६ लाख ३२ हजार ८ सय)
फ्रान्सले ३० मिलियन अमेरिकी डलर (३ अर्ब ९८ करोड ५४ लाख ५२ हजार)
सेमिफाइनलबाट बाहिरिने टिम
क्रोएसियाले २७ मिलियन अमेरिकी डलर (३ अर्ब ५८ करोड ६९ लाख ६ हजार ८ सय)
मोरोक्कोले २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड १२ लाख १० हजार)
क्वार्टरफाइनलबाट बाहिरिने टिम
पोर्चुगलले १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
इङ्ल्याण्डले १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
ब्राजिलले १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
नेदरल्याण्डले १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
अन्तिम १६ मा पुग्ने टिम
स्वीटजरल्याण्डले १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
स्पेनले १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
पोल्याण्डले १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
सेनेगलले १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
दक्षिण कोरियाले १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
जापानले १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
अष्ट्रेलियाले १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
अमेरिकाले १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
समूह चरणबाट बाहिरिने टिमहरु घाना, उरूग्वे, सर्विया, क्यामरून, क्यानडा, बेल्जियम, कोष्टारिका, जर्मनी, डेनमार्क, ट्यूनिसिया, साउदी अरेबिया, मेक्सिको, वेल्स, इराना, इक्वेडर र कतारले ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय रुपैयाँ) का दरले नगद पुरस्कार पाएका छन् ।
– समाचार एजेन्सीको सहयोगमा




