एजेन्सी ।
अर्जेन्टिनाले मेसीको फोटो १ हजारको नोटमा छापेको भन्दै पछिल्लो समय मेसीको १ हजारको अर्जेन्टिनी नोट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर अहिले सार्वजनिक भएको १ हजारको नोट भने अर्जेन्टिनाले आधिकारिक रूपमा सार्वजनिक गरेको नोट भने होइन ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका स्टार लियोनेल मेसीको तस्बिर अंकित नोट सार्वजनिक गर्ने बारे छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दावी गरेका छन् । अर्जेन्टिनाको राष्ट्रबैंकले कतारमा जितेको विश्वकपलाई थप सम्झना योग्य बनाउनका लागि १ हजारको नोट जारी गर्ने विषयमा छलफल अघि बढाएको हो ।
राष्ट्र बैंकलाई उदृत गर्दै स्थानीय अखबार ‘एल फाइनानसिएरो’ भनेको छ, ‘हामी साँच्चिकै उत्साही छौँ । अर्जेन्टिनाले कतारमा ऐतिहासिक जित निकालेसँगै हामी यो विषयमा छलफल गरिरहेका छौँ ।’
राष्ट्रबैंकले मेसीको फोटो अंकित हुने या नहुने विषयमा छलफल भइरहेको तर कतार विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन झल्किने गरी नोट सार्वजनिक गर्ने बताएको छ ।




