• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. संघीय संसद्को बैठक बस्दै

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै


  •   बुधबार, पुष १३, २०७९ मा प्रकाशित
  • १३ पुस
    कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो ।सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गर्नुभएको छ ।

    Advertisement

    सन् २०२३ मा थप निराशाको लागि तयार हुनुपर्ने आर्थिक विश्लेषकहरूले बताएका छन् ।युनिभर्सिटी अफ एम्स्टर्डमका म्याक्रोइकोनोमिक्सका प्राध्यापक रोएल बीट्स्माले भन्नुभयो, “शताब्दीको सुरुदेखि नै सङ्कटको दायरा बढेको छ ।

    “दोस्रो विश्वयुद्धपछि हामीले यस्तो जटिल अवस्था कहिल्यै देखेका थिएनौं,” उनले एएफपीसँग भन्नुभयो ।सन् २०२० को कोभिड–१९ का कारण उत्पन्न आर्थिक सङ्कटपछि सन् २०२१ मा देशहरू लकडाउन र अन्य प्रतिबन्धबाट मुक्त भए । उपभोक्ता मूल्य वृद्धि हुन थाल्यो ।

    केन्द्रीय बैङ्करहरूले अर्थतन्त्र सामान्य अवस्थामा फर्केपछि उच्च मुद्रास्फीति अस्थायी मात्र हुने बताएका थिए । तर फेब्रुअरीको अन्त्यमा रूसले युक्रेनमाथि गरेको आक्रमणले ऊर्जा र खाद्यान्नको मूल्य बढेको थियो ।

    धेरै देशहरू अहिले जीवनयापनको लागतको सङ्कटसँग जुधिरहेका छन् । ज्यालाले मुद्रास्फीतिलाई कायम राख्न सकेको छैन, जसले गर्दा घरपरिवारहरू आफ्नो खर्चमा कठिन छनौट गर्न बाध्य छन् ।

    केन्द्रीय बैङ्कहरूले छिटोछिटो ब्याजदर परिवर्तन र बैङ्कका नीति हेरफेर गरिरहेका छन् । उच्च ऋण लागतको अर्थ आर्थिक गतिविधि सुस्त हुनु हो भन्ने कारण देशहरूलाई गहिरो मन्दीमा धकेल्ने जोखिमका बीच उनीहरूले सन् २०२२ मा बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा ब्याज दर बढाउन थाले ।

    संयुक्त राज्य अमेरिका र युरा क्षेत्रमा मुद्रास्फीति अन्ततः कम हुन थालेको छ ।

    – सावधानीपूर्वक खर्च –

    विकसित र उदीयमान राष्ट्रहरूको समूह (जी–ट्वेन्टी) मा उपभोक्ता मूल्य चौथो त्रैमासिकमा आठ प्रतिशत पुग्ने र अर्को वर्ष ५.५ प्रतिशतमा झर्ने अनुमान जी–ट्वेन्टीको आर्थिक सहयोग र विकासमामिला सङ्गठन ( ओईसीडी)ले जनाएको छ । ओईसीडीले सरकारहरूलाई घरपरिवारमा राहत ल्याउन सहायता प्रदान गर्न प्रोत्साहित गरिरहेको छ ।

    ब्रुगेल थिङ्क ट्याङ्कका अनुसार २७ राष्ट्रसम्मिलित युरोपेली संघ (ईयूमा)मा उपभोक्तालाई उच्च ऊर्जा मूल्यबाट जोगाउन अहिलेसम्म ६७४ अर्ब युरो (करिब ७०४ अर्ब अमेरिकी डलर) छुट्याइएको छ ।

    युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र र रूसको ऊर्जा आपूर्तिमा सबैभन्दा बढी निर्भर जर्मनीले कुल २६४ अर्ब युरो ओगटेको छ ।

    अन्स्र्ट एन्ड योङ्ग ग्लोबल लिमिटेड (ईवाई) नामक कन्सल्टेन्सीले गरेको एक सर्वेक्षणअनुसार दुईमध्ये एक जना जर्मनले अहिले अत्यावश्यक वस्तुमा मात्र खर्च गर्ने गरेको बताएका छन् ।
    बढ्दो ब्याजदरले उपभोक्ता र व्यवसायलाई समेत असर गरेको छ ।

    अमेरिकी फेडरल रिजर्भ र युरोपियन सेन्ट्रल बैंक दुवैले डिसेम्बरमा आफ्नो दर वृद्धिको गतिलाई सुस्त बनाउन थालेका छन् । तर उनीहरूले मुद्रास्फीतिमा पकड प्राप्त गर्न अझै उच्च जान आवश्यक रहेको सङ्केत दिएका छन् ।

    अर्थशास्त्रीहरूले जर्मनी र युरोजोनको अर्को ठूलो अर्थतन्त्र इटाली मन्दीको चपेटामा पर्ने अनुमान गरेका छन् । बेलायतको अर्थतन्त्र खुम्चिँदै गएको छ । रेटिङ एजेन्सी एस एन्ड पी ग्लोबलले सन् २०२३ मा युरो क्षेत्रमा स्थिरता आउने प्रक्षेपण गरेको छ ।

    तर अन्तर्राष्ट्रिय मुद्रा कोषले भने सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ओईसीडीले २.२ प्रतिशतको आर्थिक वृद्धिहुने प्रक्षेपण गरेको छ ।

    चीनमा कोभिड–१९ नियन्त्रणका प्रतिबन्धहरू खुकुलो पारिनुले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्वव्यापी वृद्धिको प्रमुख चालकको पुनरुत्थानको आशा जगाएको छ ।

    यी प्रतिबन्धहरूले चीनको अर्थतन्त्रलाई तहसनहस पारेको थियो र देशव्यापी विरोध प्रदर्शनहरू निम्तिएका थिए ।

    चीनले यसै हप्ता जनवरी ८ देखि विदेशी नागरिकका लागि कोभिड–१९ सँग सम्बीन्धत ‘क्वारेण्टाइन’ अन्त्य गर्ने घोषणा गर्दै विश्वका पर्यटकका लागि चीनलाई खुला गर्ने सङ्केत दिएको थियो ।

    – जलवायु लागत –

    तर अर्थशास्त्री बीट्स्माको विचारमा अहिलेको विश्वको सबैभन्दा ठूलो सङ्कट जलवायु परिवर्तन हो, जुन ‘सुस्त गतिमा’ तर निरन्तर चलिरहेको छ ।

    प्राकृतिक तथा मानव सिर्जित विपत्तिका कारण सन् २०२२ मा हालसम्म २६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्वीस रि हरिकेन इयानले मात्र ५० देखि ६५ अर्ब अमेरिकी डलर बराबरको अनुमानित क्षति व्यहोरेको छ ।

    पाकिस्तानमा आएको बाढीका कारण यस वर्ष ३० अर्ब अमेरिकी डलरको आर्थिक क्षति तथा व्यापक मानवीय क्षति भएको छ ।

    गत नोभेम्बरमा इजिप्टमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता (कोप–२७) मा सरकारहरूले प्राकृतिक प्रकोपबाट तहसनहस भएका कमजोर विकासशील देशहरूले व्यहोर्नुपरेको क्षतिलाई पूर्ति गर्न कोष खडा गर्न सहमत भएपनि हरितगृह ग्याँस उत्सर्जन घटाउन र विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न आवश्यक भए तापनि जीवाश्म ईन्धनको प्रयोगलाई चरणबद्ध रूपमा अन्त्य गर्ने नयाँ प्रतिबद्धताबिना कोप–२७ शिखर सम्मेलन समाप्त भएको थियो ।

    “यो गम्भीर सङ्कट होइन, तर दीर्घकालीन सङ्कट हो,” बीट्स्माले भन्नुभयो । उहाँले थप्नुभयो, “यदि हामीले पर्याप्त काम गर्न सकेनौं भने यसले हामीलाई अभूतपूर्व स्तरमा प्रहार गर्नेछ ।

    बुधबार, पुष १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.