चितवन ४ साउन
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर वडा नम्बर ४ को वडा कार्यालयको शिलान्यस गर्नु भएको छ ।
बुधबार एक कार्यक्रमका बीच मेयर दाहालले भरतपुर ४ छाहारी बस पार्क नजिक रहेको स्थानमा निर्माण हुन लागेको भवनको शिलान्यस गर्नुभयो ।
त्यस्तै मेयर दाहालले वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको राम मन्दिर आधारभूत स्वास्थ्य चौकीको उद्घाटन गर्नुभयो ।
वडा कार्यालय शिलान्यस तथा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले वडा कार्यालय निर्माण भएसँगै मुकानसहित छिटो छरितो सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
मेयर दाहालले अब दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताउनुभयो ।
नगरपालिका हुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण भएको र महानगरपालिकाको प्रशासनिक भवन पनि निर्माण कार्य केही समयमै हुने उल्लेख गर्नुभयो ।




