काठमाडौँ २५ साउन
छायाकार विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ ।बिहान पौने ६ बजे गंगालाल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
उनको निधनपश्चात् चलचित्र क्षेत्र स्तब्ध बनेको छ । उनले कागबेनी, भुइँमान्छे, स्वरलगाएतका फिल्म खिचेका थिए ।पाण्डेले विभिन्न टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोमा समेत सिनेमाटोग्राफीको काम गरेका थिए ।




