काठमाडौं १३ भदौ
नेपाली क्रिकेट टोली र केन्याको क्रिकेट टोलीबीच आज चौथो टी ट्वेन्टी खेल हुँदैछ। केन्याको जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ।
हालसम्म श्रृङ्खलामा नेपाल २-१ ले अघि छ। आजको खेल पनि नेपालले जितेमा एक खेल बाँकी हुँदै नेपालले श्रृङ्खला कब्जा गर्नेछ।
यसअघि पहिलो खेलमा नेपालले केन्यामाथि ५ विकेटको जित निकालेको थियो। दोस्रोमा केन्याले नेपाललई १८ रनले पराजित गर्यो। हिजो सम्पन्न तेस्रो खेलमा भने नेपालले ४ विकेटको जित निकालेको हो।
आजको खेल नेपालले जितेमा श्रृङ्खला विजेता बन्नेछ भने केन्याले जितेमा श्रृङ्खला विजेता पाउन अन्तिम खेल कुर्नुपर्नेछ।
नेपाल र केन्याबीच पाँच टी ट्वेन्टी र तीन एकदिवसीय खेलको श्रृङ्खला जारी छ। टी ट्वेन्टीको अन्तिम खेल भोलि मङ्गलबार हुनेछ।एकदिवसीय खेलहरू भदौ १७ बाट सुरु हुनेछ।




