चितवन । पहिरो हटाएपछि नारायणगढ –मुग्लिन सडक ६ घण्टापछि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान २ बजेर ३५ मिने जांँदा भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो ।
प्रहरी चौकी जुगेडीबाट गएको टोलीले पहिरो पन्छाएपछि बिहान ८ बजे ३५ मिनेटमा दुईतर्फी सञ्चालनमा आएको हो ।




