• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

सुदूरपश्चिम खेलकुद : पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा


  •   शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
  • महेन्द्रनगर ३१ भदौ

    Advertisement

    चौतीस वर्षअघि कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंहले ओलम्पिकमा रचेको इतिहास अझै जीवित छ । सिओल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेर ‘एक वाउट’ जित्ने अहिलेसम्मकै एक्ला खेलाडी हुनुहुन्छ सिंह । राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण विभागको उपनिर्देशक पदमा कार्यरत सिंह अब जागिरको उत्तराद्र्धमा हुनुहुन्छ ।

    सिओल ओलम्पिकमा सुदूरपश्चिमबाटै डम्बरदत्त भट्टले पनि बक्सिङ खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पछिल्लो समय ब्याडमिन्टन खेलको जुनियरतर्फ विश्व वरियताको नम्बर एकमा रहनुभएका प्रिन्स दाहाल पनि सुदूरपश्चिमकै खेलाडी हुनुहुन्छ । दार्चुलामा बुवाको पछि लागेर बुवाकै साथ र सहयोगले ब्याडमिन्टनको विश्व वरियतासम्म पुग्नुभएका प्रतिभावान खेलाडी दाहाल जन्मिएको दार्चुलाको खेलको अवस्था भने अझै दयनीय छ ।

    केही वर्षअघिसम्म तेक्वान्दोमा तहल्का मच्चाउनुभएका कीर्तिमानी खेलाडी दीपक विष्टले पनि सुदूरपश्चिमबाटै खेल जीवन सुरु गर्नुभएको हो । यसरी विसं २०४०÷४२ को दशकयता निरन्तर खेलाडी तयार गरिरहेको सुदूरपश्चिम प्रदेश खेलकुदका लागि चाहिने पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा छ ।

    कैलाली र कञ्चनपुरमा केही खेल संरचना र पूर्वाधार सरकारले लगानी गरेर बेलाबखत बनाइरहेको भए पनि सात पहाडी जिल्लामा अझै त्यो सुविधाबाट खेलाडी बञ्चितजस्तै छन् । विगतदेखि नै भलिबलमा पहाडी जिल्लाबाट खेलाडी उत्पादन हुँदै आएका छन् । तर खेलाडीलाई नियमित प्रशिक्षण दिएर निखार ल्याउन यहाँ पर्याप्त प्रशिक्षकसमेत नभएको अवस्था छ ।

    पूर्व राष्ट्रिय खेलाडी भोजराज जोशी दुई दशकयता दार्चुलामा स्वयंसेवक प्रशिक्षक भएर भलिबल खेलाडी तयारीमा लाग्नुभएको छ । भोजराज त एक उदाहरणीय पात्र मात्रै हुनुहुन्छ । उहाँजस्तै लामो समय खेलकुदमा खर्चिएका सिनियर खेलाडी यहाँ विभिन्न खेलमा बिना सुविधा स्वयंसेवक प्रशिक्षक छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट सकिएर प्रदेशस्तरीय छनोट सुरु भइरहँदा यहाँ कुनै खालको रौनकता भने देखिँदैन ।

    प्रिन्सको जिल्लामा बगेको कवर्डहल

    रासस दार्चुला समाचारदाताका अनुसार चर्चित ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको गृहजिल्ला दार्चुलामा एउटा कभर्डहलसम्म छैन । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सफल भएका दाहालको गृहजिल्ला दार्चुलामा नौ वर्षअघि महाकाली नदीमा आएको बाढीले यहाँको कभर्डहल बगाएको थियो ।

    बाढी यता यहाँ खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको निकै अभाव रहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मानसिंह बुढाथोकी बताउनुहुन्छ । “बाढीले कभर्डहल बगाएयता यहाँ खेल गतिविधि सञ्चालनका लागि संरचना बनेनन्”, अध्यक्ष बुढाथोकीले भन्नुभयो, “खेलाडीलाई प्रशिक्षण दिन सदरमुकाम बाहिरका क्षेत्र लैजानुपर्ने बाध्यता छ ।”

    त्यसैगरी भलिबलका स्वयंसेवक प्रशिक्षक भोजराज जोशीले खेल मैदान र कभर्डहलका बारेमा पटक–पटक समस्या राख्दा पनि कसैले चासो नदेखाएको गुनासो पोख्नुभयो । दार्चुलाबाट आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट एक सय ७२ खेलाडी छनोट भएका छन् ।

    यहाँबाट भलिबल, कराते, फुटबल, हयाण्डबल, तेक्वान्दो, बुद्धिचाललगायतका खेलका खेलाडी छनोटमा परेका हुन् । उता सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा पनि खेल संरचना, खेल प्रशिक्षकबिना खेलाडी खेल गतिविधिमा संलग्न छन् । बक्सिङकी अन्तर्राष्ट्रिय खेलाडी पुनम रावलको गृहजिल्ला हो बाजुरा ।

    डडेल्धुरा खेलकुद पनि समस्याग्रसित

    डडेल्धुरा जिल्लामा व्यवस्थित खेलमैदानको अभाव छ । सदरमुकाम अमरगढी नगरपालिकामा तीनवटा रङ्गशाला र खेलमैदान निर्माणधीन अवस्थामा छन् । तर बजेट अभावमा पूरा हुनसकेको छैन ।

    लामो समयदेखि खेलमैदान अभावमा जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रमा खेलकुदसम्बन्धी गतिविधि प्रभावकारी हुनसकेका छैनन् । सात स्थानीय तह रहेको डडेल्धुरामा परशुराम नगरपालिकाबाहेक अन्य स्थानमा बहुखेल प्रतियोगिता गर्न सकिने खेलमैदान नहँुदा खेलाडी र दर्शकलाई समस्या हुने गर्छ ।

    भलिबलबाहेक क्रिकेट, दौड र इन्डोरमा खेलाइने खेलहरूका लागि बढी समस्या भइरहेको खेलाडीको दुःखेसो छ । यहाँ खेलाडीले जोखिम मोलेर अभ्यास गर्नुपर्ने अवस्था छ । खेलमैदान निर्माणाधीन अवस्थामा रहेकाले खेलाडीले असहजता महसुस गरी खेल्ने गरेको भलिबल प्रशिक्षक नरेश थापाले जानकारी दिनुभयो ।

    स्थानीय तहका अनुसार बजेटको कमी र भौगोलिक विकटताका कारणले रङ्गशाला वा खेलमैदान खेलाडीमुखी हुन नसकेको उहाँको भनाइ छ । “ढुङ्गा र खाल्डाखुल्डीसहितको मैदानमा खेलाडी लैजाँदा चोटपटक र शारीरिक अशक्त नै हुने डर रहन्छ”, खेलकुद विकास समिति डडेल्धुराका प्रमुख डम्बर भण्डारीले भन्नुभयो, “यहाँबाट खेलाडी भलिबल र क्रिकेटका राष्ट्रिय टिमबाट समेत खेल्दैछन् ।”

    खेलाडीले नै राष्ट्रको नाम विश्वमा चिनाउन सक्ने र नियमितरूपमा खेल खेल्दा स्वस्थ भइने खेलकुदको मान्यता रहेको भए पनि खेलमैदान नहुँदा धेरैजसो प्रतियोगिता ओझेलमा परिरहेका जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन भण्डारीले बताउनुभयो । “डडेल्धुरा पनि खेलाडीको उर्वरभूमि नै हो”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि सहयोग गर्न आवश्यक छ ।”

    बझाङ ः बगरमा खेल

    तीन साताअघि बझाङमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट तयारी हुँदै थियो । जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोट गरेपछि १२ वटै पालिकाका खेलाडी सदरमुकाम चैनपुर आए । चैनपुरका विभिन्न स्थानमा विभिन्न खेलका लागि खेलाडी छनोट प्रक्रिया सुरु भयो । खेल खेलाउनका लागि समितिले सदरमुकाम नजिकैका विद्यालयलाई चौर प्रयोग गर्न अनुमति माग्यो र सोही ठाउँमा खेल खेलायो ।

    मैदान नहुँदा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोटका लागि स–साना खेल बगरमै खेलाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनुभयो । क्रिकेट, फुटबलजस्ता ठूलो ठाउँमा खेल खेलाउनका लागि मात्रै नभई सानो ठाउँमा हुने भलिबल, क्रिकेट, ब्याटमिन्टन, ह्याण्डबल, टेबलटेनिस, बक्सिङ, तेक्वान्दो, फुलकन्टयाक्ट पौडी, खोखो, एथलेटिक्स, बुद्धिचाललगायतका खेल खेलाउनका लागि पनि बझाङमा खेलमैदान अभाव छ ।

    उहाँले भन्नुभयो, “प्रदेश छनोटका लागि बझाङबाट दुई सय तीन जना खेलाडीको माग थियो । तर पाँच सय ५० जनाको आवेदन परेको हुँदा उनीहरूलाई विभिन्न विद्यालयका चौर र बगर प्रयोग गरेर खेलाडीलाई प्रतिस्पर्धा गराउँदै छनोट गरेका हौँ ।”

    खेलमैदान निर्माणका लागि स्थानीय निकायसँग पनि सहकार्य भइरहेको अध्यक्ष रोकायाले बताउनुभयो । “स्थानीय निकाय तथा अन्य निकायसँग पनि खेलमैदानका लागि समन्वय गरिरहेका छौँ । उहाँहरूले हुन्छ त भन्नुभएको छ तर अहिलेसम्म खेलमैदानका लागि गहिरिएर चासो भने कसैले पनि दिएका छैनन्”, उहाँले भन्नुभयो ।

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशका लागि बझाङबाट १७ विधामा एक सय १४ पुरूष र ८९ महिला छनोट भएका छन् । बझाङमा करातेबाहेक कुनै खेलमा पनि प्रशिक्षक छैनन् । “यहाँ करातेबाहेक कुनै खेलका लागि पनि प्रशिक्षक छैनन् । अरू खेलका लागि क्लबहरूबाट स्वयंसेवकका रूपमा सहयोग गरिदिनुहुन्छ ।”

    विगतमा १२ खेल जतिमात्रै खेलाइन्थे भने यसपटक १८ विधामा खेलाडी छनोट गरिएको उहाँले बताउनुभयो । अध्यक्ष रोकायाका अनुसार खेलमैदान नहुँदा खेलकुद विकास समितिले जिल्ला क्रिकेट सङ्घको एकेडेमी, सत्यवादी मावि भोपुर, जालपा मावि देवल, ब्याडमिन्टन हल, क्रिकेट महिला सङ्घ एकेडेमी, जिल्ला प्रशासन कार्यालयको आँगन, फुलकन्ट्याक्ट कराते केडब्ल्यूएफ क्योकुसिन कराते प्रशिक्षण हल, जिल्ला खेलकुद विकास समितिको कार्यालय अगाडि खेलाइने गरिएको छ ।

    बैतडीमा बिना प्रशिक्षक खेलाडी प्रशिक्षणमा

    बैतडीमा भने जिल्लास्तरीय छनोटका क्रममा जिल्लास्तरमा प्रशिक्षक र खेल पूर्वाधारबिनै खेलाडी छनोट गरिएका छन् । जिल्लाबाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि १३ खेलका एक सय ५६ खेलाडी छनोट गरिएका छन् । छनोट भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन् । तर जिल्लामा छनोट भएका अधिकांश खेलाडी प्रशिक्षक र खेलमैदानको अभावका बीच छनोट गरिएका हुन् ।

    यहाँ भलिबलका मात्रै एक प्रशिक्षक रहेका र अन्य खेलका प्रशिक्षक नै नरहेका बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ । प्रशिक्षक र प्रशिक्षणबिनै हरेक वर्ष यहाँका खेलाडीले राष्ट्रिय खेलकुदमा भाग लिन छनोट खेल खेल्ने गरेका छन् । जिल्लाका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिदा प्रशिक्षक र खेलमैदानबिना खेल्ने समस्या वर्षौँदेखिको हो । न त यहाँ कुनै खेलको गतिलो खेलमैदान छ, न कभर्डहल नै ।

    खेलमैदान नहुँदा अभ्यास गर्न तथा बन्द प्रशिक्षणका लागि समस्या हुने गरेको क्रिकेट खेलाडी रितु कनौजियाले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलाडीका लागि आवश्यक पर्ने खेलमैदानको अभाव छ, खेलमैदानबिनै राष्ट्रिय प्रतियोगितामा भाग लिनुपर्ने बाध्यता छ । यसले गर्दा आफ्नो क्षमतामा निखारता आउन सक्दैन ।”

    कराते, भारोत्तोलन, ब्याडमिन्टनलगायतका खेलका लागि कभर्डहल आवश्यक पर्दछ । तर यहाँ कभर्डहल नै छैन । खेलाडी छनोट खुला आकाशमा हुने गरेको कराते खेलाडी नरेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ खुला आकाशमा प्रतिस्पर्धा गरेर छनोट भएका छौँ तर प्रदेश र राष्ट्रिय प्रतियोगिता कभर्डहलमा खेलाइन्छ । जिल्लामा खुला आकाश र माथि गएर कभर्डहलमा प्रतिस्पर्धा गर्दा निकै समस्या हुने गरेको छ ।”

    प्रशिक्षकबिनै छनोट खेलमा सहभागिता जनाउँदा सबै कुरा थाहा नहुने गरेको खेलाडी दिनेश ठगुन्नाले बताउनुभयो । बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी भने खेलमैदान र प्रशिक्षक नहुँदा खेलाडी उत्पादनमा समस्या हुने बताउनुहुन्छ । हलभित्र खेल्नुपर्ने खेल खुला चौरमा खेलाउनुपरेको र खेलमैदानमै खेलाउनुपर्ने खेलका लागि पनि उपयुक्त मैदान अभाव छ ।

    उहाँले भन्नुभयो, “खेलमैदान नहुँदा सडक तथा विद्यालयका स–साना खेलमैदानमा छनोट खल खेलाउनुपरेको छ, खेलाडीको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पनि यो जोखिम छ, यहाँ राम्रोसँग प्रशिक्षण नहुँदा माथि गएर प्रतियोगिता जित्न सक्दैनन्, यसले दक्ष खेलाडी उत्पादन हुन सकिराखेको छैन ।”

    साथै प्रशिक्षक नहुँदा पनि जिल्ला छनोट गर्दा निकै समस्या हुने गरेको भण्डारीको अनुभव छ । उहाँले भन्नुभयो, “जिल्ला छनोटका बेला प्रदेशका तराईका जिल्लाबाट प्रशिक्षक बोलाउनुपर्छ, कुनै बेला म आफैँ पूर्वखेलाडी भएकाले प्रशिक्षक अभावमा आफैँले प्रशिक्षक बनेर धेरै खेल खेलाउने गरेको छु ।” प्रशिक्षकका लागि प्रदेश सरकारलाई पटक–पटक माग गरेको भए पनि कुनै सुनुवाइ नभएकोे भण्डारीको दुःखेसो छ ।

    पहाडी जिल्लामा प्रशिक्षक आउन आनाकानी गर्ने गरेका र उनीहरूलाई तराईभन्दा पहाडमा सेवा–सुविधा थपेर भए पनि सरकारले पठाउने व्यवस्था गर्नुपर्नेमा भण्डारीको जोड छ ।

    बहुउद्देश्यीय कभर्डहल कञ्चनपुरमा निर्माण हुने

    कञ्चनपुरमा भने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि बजेट विनियोजन गरेर अघि बढेको बताउनुभयो । “यहाँ विभिन्न खेलका स–साना टहराहरू मात्रै भए”, मन्त्री रावलले भन्नुभयो, “इन्डोर खेल सञ्चालनलाई करिब रु २५ करोडभन्दा बढीको लगानीमा खेलकुद परिसरमा कभर्डहल बनाउन प्रक्रिया अघि बढेको छ ।”

    कञ्चनपुरमा हाल नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत आठ खेलको प्रदेशस्तरीय छनोट शनिबारदेखि हँुदैछ । यहाँ भलिबल, कबड्डी, कराते, कुस्तीलगायतका खेलको प्रदेशस्तरीय छनोट हुन लागेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । कञ्चनपुरबाट मात्रै ३१ खेलका चार सयभन्दा बढी खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भइरहेको जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख गोपालदत्त भट्टले बताउनुभयो ।
    (शेरबहादुर सिंहको संयोजनमा गणेशसिंह धामी, धनबहादुर भण्डारी, भूमिराज पीठातोली र विनोदसिंह विष्ट)

    शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.