• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

रित्तिदै जलभण्डारः मरुभूमि बन्दै मधेस


  •   शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
  • लुम्बिनी ३१ भदौ 

    Advertisement

    बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ । तीस वर्षअघि स्थापना हुँदा पाँच हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको थियो । सिँचाइका लागि पानी नपाउँदा किसानको उत्पादन शक्ति प्रभावित भएको छ ।

    ‘सियारी–मर्चवार’ नामक नहरको बीच–बीचमा किसानले बोरिङ गाडेका छन् । नहरमा पानी नआउने भएपछि सिँचाइ प्रबन्धका लागि उनीहरू निजी व्यवस्थापन गर्न लागेका हुन् । इन्डियन क्यानल परियोजना नामको रूपन्देहीकै लामो यस नहरमा पानी नदेखिएको ४० वर्ष बितेको छ ।

    यसैबीच लुम्बिनी सांस्कृतिक नगरपालिकाले २०७९ असार ३० गते एक सूचना जारी गर्दै किसानलाई सिँचाइ प्रयोजनका लागि बोरिङ नचलाउन निर्देशन गरेको छ । बोरिङ चलाउँदा पिउने पानीको अभाव हुन थालेको भन्दै वर्षा नभएसम्म बोरिङ नचलाउने, चलाए रु पाँच हजार जरिवाना गर्ने जारी सूचनामा उल्लेख छ ।

    करोडौँको लागतका सिँचाइ परियोजना असफल हुनु, नहरमा बोरिङ धसाउन बाध्य हुनु, निजी बोरिङ पनि बेलामा चलाउन नपाउनुजस्ता बाध्यता र विवशताका बीच किसानको दिन गुज्रेको छ । कृषिमा अत्मनिर्भर बन्न चाहेका किसान सिँचाइका लागि पानी नपाएर छट्पटाइरहँदा पानीको दिगो व्यवस्थापन गर्नका लागि सरकारले विकल्प दिन सकेको छैन ।

    स्थापनाका बखत पाँच हजार छ सय हेक्टर क्षेत्रफललाई सिँचाइ गर्ने लक्ष्य राखेको मर्चवार लिफ्ट सिँचाइ आयोजना २०४८ सालमा निर्माण भयो । अहिले यो दुई हजार दुई सय हेक्टरभन्दा कम क्षेत्रलाई मात्र सेवा दिन सकेको व्यवस्थापक विश्वनाथ आर्यको भनाइ छ । आर्थिक अभावमा मर्मतसम्भार हुन नसकी संरचना जीर्ण हुँदै जाँदा सिञ्चित क्षेत्र घटेको उहाँको भनाइ छ ।

    त्यस्तै रूपन्देहीको एक अर्को सिँचाइ परियोजना ‘सियारी–मर्चवार’ नहरमा पानी नदेखिएको ४० वर्ष बितिसकेको छ । “नहरको संरचना टुटफुट भएर बिग्रिएको छ । मुहान थुनिएर पानी नआउने भएपछि सिँचाइ प्रबन्धका लागि किसानले नहरको बीचबीचमा बोरिङ धसाएका छन्”, कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्रभूषण यादवले भन्नुभयोे, “सिँचाइका लागि किसानसँग डिप बोरिङको विकल्प पनि छैन ।” सरकारले सतही सिँचाइ योजनालाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाई काम नथालेसम्म सहज तबरले यस समस्याको समाधान पाउन सकिने अवस्था नरहेको उहाँको भनाइ छ ।

    लुम्बिनी प्रदेश सरकारले एक गाउँ एक पोखरीको लक्ष्यलाई स्थापनाकालदेखि नै आफ्नो नीति तथा कार्यक्रममा निरन्तर समावेश गर्दै सतही सिँचाइलाई प्राथमिकतामा राखे पनि लक्ष्यअनुरूप काम हुन नसकेको लुम्बिनी प्रदेश सरकारका शिक्षामन्त्री वसीउद्दी खाँले बताउनुभयो । भएका जलाशय पनि संरक्षित नरहेको उहाँको भनाइ छ । कृषिको प्रमुख आधारको रूपमा रहेको सिँचाइ सेवाका लागि जलाशय निर्माण तथा पोखरी संरक्षण गर्ने कार्यलाई आगामी आवमा समेत निरन्तरता दिइने भएको छ । जलाशययुक्त आयोजनाको निर्माणबाट भूमिगत जलको पुनर्भरण गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने कार्य अघि बढाइने प्रदेश सरकारको नीति तथा कार्यक्रम उल्लेख छ ।

    “सम्मरीमाई–७ बेतकुइँया गाउँमा रहेका आठमध्ये चार वटा सार्वजनिक पानी पोखरी पुरिएका छन् । सिँचाइका लागि रहेका तीन वटा पोखरी त कृषक आदर्श माध्यमिक विद्यालयले पुरेर भौतिक संरचना खडा गरेको छ भने गाउँमा बाँकी रहेका चारवटा सार्वजनिक पोखरी पनि वरिपरिबाट अतिक्रमित हुँदै लोपोन्मुख अवस्थामा पुगेको भन्दै स्थानीय कृषक त्रिभुवन कुर्मी चिन्ता व्यक्त गर्नुहुन्छ ।”

    “कोटहीमाई गाउँपालिकाले वडा नं ५ मझगावामा रहेको प्राचीन पोखरी ओगटेर पूर्वतर्फ पालिकाको प्रशासनिक भवन, उत्तरपट्टि बहुउद्देश्यीय हल तथा दक्षिणतर्फ खानेपानी ट्याङ्कीलगायत भौतिक संरचना निर्माण गरेको छ । यता सम्मरीमाई गाउँपालिकाले वडा नं ४ फरेनास्थित पोखरी पुरेर प्रशासनिक भवन बनाएको छ । बरवासेमा पानी पोखरी पुरेर सम्मरीमाई–१ ले वडा कार्यालय, स्वास्थ्यचौकी र पानी ट्याङ्की बनाउने गति रोकिएको छैन । नजिकैको मर्चवारी गाउँपालिकाले वडा नं २ अमवास्थित सिँचाइ र धार्मिक प्रयोजनमा प्रयोग हुने ऐतिहासिक ‘सगरा’ पुरेर खेलमैदान बनाएको छ ।

    तिलोत्तमा नगरपालिकाले मदरहनी गाउँको मध्यभागमा रहेको ऐतिहासिक पोखरीमाथि वडा नं ११ को कार्यालयको भवन निर्माण गरेको छ । भवन बन्दै गर्दा पुरातत्व विभागले २०७६ माघ १३ गते नगरपालिकाको नाममा पत्र पठाई निर्माण कार्य रोक्का गरिराख्ने आदेश गरेको थियो तर काम रोकिएन । मदरहनीका ७३ बर्से झलक शर्माका अनुसार तीन दशकअघिसम्म झन्डै दुई बिघामा फैलिएको पोखरी १६–१७ कट्ठामा खुम्चिएको छ । बढ्दो आवादीसँगै साँघुरिँदै बाँकी रहेको पोखरी पनि मास्दै स्थानीय सरकारले वडा कार्यालय भवन बनाएको छ ।

    बुटवलस्थित तिनाउ नदीको बगरमा ४० हजार अवैध बसोबास रहेको बताइएको छ । तिनाउ नदीको करिब एक सय २० बिघा जग्गा अतिक्रमित छ । “बस्तीले नदीको मुहान मिचेपछि फराकिलो तिनाउ साँघुरिँदै गहिरिने क्रम जारी छ”, सञ्चारकर्मी डिआर घिमिरे भन्नुहुन्छ, “मुहानमै नदी साँघुरिँदा पानीजन्य विपत् हुनु स्वाभाविक छ ।”

    सुकुम्बासीका नाममा अतिक्रमित बुटवलस्थित तिनाउ नदीभित्र बगरको बस्तीलाई यथाशीघ्र सुरक्षित स्थानमा पुर्नवास गराउनुपर्ने नदी अधिकार मञ्च दक्षिण एसियाका संयोजक बृजराज कुशवाहाको सुझाव छ । उहाँ भन्नुहुन्छ, “यसरी खाली हुने नदी बगरलाई पुनः जलाशय बनाइए पर्यटकका लागि आकर्षणको केन्द्र बन्नुका साथै यसले आर्थिक, सांस्कृतिक र पर्यावरणीय पहिचान तथा लाभ पु¥याउँदै तल्लोतटीय क्षेत्र मर्चवारसम्मको भू–जलस्तर माथि उकास्ने निश्चित छ । भूमि सिँचनको योजना गरिनुपर्छ । यसका लागि ठाउँठाउँमा पोखरी र तलाउको निर्माण गरिनुपर्छ ।”

    सरकारले नदी प्रणालीमा आधारित रहेर भूक्षय नियन्त्रणसहित क्षतिग्रस्त भूमिको पुनःस्थापना, बायो–इन्जिनियरिङसहितको तटबन्ध निर्माण, बर्सातको पानी उपयोग, जल पुनर्भरण, सिमसार व्यवस्थापन तथा भेटियर, सजिवन र बाँस रोपनजस्ता क्रियाकलाप सञ्चालन गरी चुरे क्षेत्रको संरक्षण गर्ने कार्यक्रम अघि बढाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि रु दुई अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । गत आवमा भने समितिका लागि विनियोजन भएको कूल बजेट रकम रु एक अर्ब ५२ करोड ६४ लाख थियो ।

    यतिबेला तराई–मधेसको तल्लो सीमावर्ती क्षेत्रमा पानीको समस्या झन जटिल हुँदै गएको छ । लुम्बिनीको वडा नम्बर–११ का अर्जुनबहादुर कुर्मीको घरमा रहेको चापाकलले पानी फाल्न छोडेको छ । कृषि प्रयोजनका लागि खेतमा गाडिएको बोरिङ चलाउँदा कुर्मीको घरमा रहेको चापाकलको पानी सुक्ने गरेको छ । उहाँलाई धान जोगाउने कि तिर्खा मेटाउने चिन्ताले पिरोलेको छ ।

    गैडहवा गाउँपालिका–३, अहिरनडिहवा गाउँलाई खानेपानीको समस्याले गाँजेको छ । स्थानीय दीपक कलवारले भन्नुभयो, “गाउँमा पानीको सङ्कट बढ्दैछ, समाधानतर्फ कुनै निकायको पहल छैन ।” उहाँका अनुसार अहिरनडिहवामा रहेका कूल ८० चापाकलमध्ये अधिकांशमा पानी आउँदैन ।

    अहिरनडिहवाका दीपक कलवारले पानीको समस्या झेलेको १० वर्षभन्दा बढी भयो । खाना पकाउन, पिउन, नुहाउन र कपडा धुने पानीको खोजीमा सधैँ भौँतारिनुपर्छ । “मेरो घरको चापाकलमा पानी नआएको आठ÷दश वर्ष हुन लाग्यो”, अहिरनडिहवाका दीपक कलवारले भन्नुभयो, “खासगरी फागुनदेखि असारसम्म बढी समस्या हुन्छ ।” बर्खा लागेपछि जमिन रिचार्ज भएर केही समय पानी आए पनि फागुन लाग्नासाथ र गर्मीमा पानीको समस्या हुने गरेको उहाँले बताउनुभयो ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाको एकला, भरवलिया, भैसहिया, गेनवरिया, मसिना, मोगलहा, शिवगढियालगायत धुपही वरिपरिका गाउँमा समेत पिउने पानीको सबैभन्दा बढी समस्या रहेको देखिन्छ । बुटवल उपमहानगरदेखि लुम्बिनी क्षेत्र तथा मर्चवारको कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकालाई पनि पानीको समस्याले पिरोलेको छ । सम्मरीमाई–७ का पारस चौधरी भन्नुहुन्छ, “सुक्खा मौसम लाग्नासाथ चापाकलमा यस्तो समस्या देखापर्छ ।” उहाँको ह्यान्डपाइपमा जडान गरिएको मोटरले पानी फाल्न छोडेको छ ।

    केही वर्षदेखि यो समस्या बढ्दै गरेको छ । यसअघि २०७६ असारमा रुपन्देहीको रोहिणी, गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाले सूचना जारी गर्दै रोपाइँको उद्देश्यले किसानका बोरिङ नचलाउन उर्दी जारी गरेको थियो । धारामा पानी सुक्दै गई खानेपानीको समस्या देखिएकाले बाध्यात्मक निर्णय गरेको पालिकाले जनाएको थियो । पर्यावरणविद् डा सतीश उपाध्याय भन्नुहुन्छ, “चुरे शृङ्खला भूमिगत जलस्रोतको भण्डार मानिन्छ तर पछिल्लो समय यसको अत्यधिक दोहनले गर्दा तराई क्षेत्रमा पानीको सङ्कट बढ्दै गएको छ ।” सामाजिक अध्येता रामचन्द्र श्रेष्ठ चुरेलाई बुझ्न असफल हुँदा नै यो समस्या आएको र यसले भविष्यमा अझ जटिलता ल्याउने बताउनुहुन्छ ।

    संयुक्त राज्य अमेरिकाको वर्ल्ड रिजोर्सस इन्स्टिट्युटले २०७६ सालमा प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार जलसङ्कट बेहोरिरहेका देशको सूचीमा नेपाल ४०औँ स्थानमा छ । नेपालभित्र विशेषतः व्यवस्थापनको समस्याले जलसङ्कट समाधान हुन नसकेको र त्यसैको कारण विभिन्न स्थानमा पानीको समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । भूमिगत पानीको तह तल धकेलिँदा चुरे क्षेत्र र चुरे दक्षिण क्षेत्रमा पानीको अभाव चुलिएको हो ।
    पानी परे बाढीको असर, नपरे खडेरीको असरले तराई–मधेसको अवस्था निकै नाजुक बनेको भन्दै लुम्बिनी सांस्कृतिक नगर कार्यपालिका सदस्य हुसेनी लोधले प्राकृतिक स्रोत साधनको थुनछेक कसैका लागि हितकर नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘स्थानीय सरकारले २०७४ देखि नै आम्दानी, विकास र भौतिक पूर्वाधार निर्माणको नाममा प्राकृतिक स्रोत साधनको प्रयोग र दोहन गर्दा समस्या अझ बढेको छ ।”

    नदीनालालगायत प्राकृतिक स्रोत साधनको प्रयोग र दोहन बढेको स्वीकार्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीले अबको नीति कुलानालाको सरसफाइ र जलाशय संरक्षण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नियमविपरीत कुनै पनि प्रकारले नदीजन्य पदार्थको दोहन हुन दिँदैनौँ । जल नै जीवन हो भन्ने जनचेतना बढाउन जरुरी छ ।” सुक्खायाममा यस क्षेत्रको भू–जलस्तर करिब तीन मिटर त्यसै तल खस्किन्छ । रुपन्देहीका महत्वपूर्ण नदी, साना–ठूला ताल–पोखरी र कुलानाला अतिक्रमणका कारण साँघुरिँदै गई धरातलले पर्याप्त पानी रिचार्ज गर्न नसक्दा यस्ता समस्या देखिएका छन् । तिनाउ, दानव र रोहिणीलगायत मुख्य तथा अन्य सहायक नदीमा पनि निश्चित दूरी बनाई ठाउँ–ठाउँमा चेकवाल राखेर भूमिगत जल समस्याको समाधान गर्न सकिने उहाँको सुुझाव छ ।

    “जनसङ्ख्या बढ्दो छ, तर पानीको सङ्कट थपिँदो र कृषि उब्जनी घट्दो छ । निरन्तरको अतिक्रमणबाट जलस्रोतका मुहान पुरिँदै, साँघुरिँदै गर्दा जमिनले पर्याप्त पानी रिचार्ज गर्न नसकेपछि भू–जलस्तर दिन प्रतिदिन तल झर्दै गएको बताउनुहुन्छ”, सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मी । उहाँँ भन्नुहुन्छ, “वर्षाको पानीलाई विभिन्न माध्यमको प्रयोगले भूमिगत जल भण्डारण रिचार्जको उपाय हुनुपर्छ ।”

    भविष्यमा हुन सक्ने जल सङ्कटको सामना गर्न जलाशय अतिक्रमण नियन्त्रणसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने उहाँको माग छ ।

    शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.