चितवन २ असोज ।
नारायणी नदीमा अन्दाजी २९ बर्षीय युवकको शव फेला परेको छ । उनको पहिचान खुल्न सकेको छैन ।
आइतबार दिउँसो १ बजे भरतपुर महानगरपालिका वडा नम्बर १६ गणेश मन्दिर नजिक नारायणी नदीको बीचमा शव फेला परेको हो ।
शव फेला परेको जानकारी हुनासाथ अस्थायी प्रहरी पोष्ट शरणपुर र वडा प्रहरी कार्यालय नारायणगढको टोलीले शव परीक्षणको लागि भरतपुर अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिनुभयो ।




