काठमाडौं ५ असोज
ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । बुधबार दिउँसो ललितपुर महानगरपालिका–३ धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको हो ।
अहिले दमकलल, प्रहरी, नगरप्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ । आगलागीको कारण तथा घटनाको विस्तृत विवरण अझै खुल्न सकेको छैन ।




