काठमाडौँ ६ असोज
अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाधिने भएका छन् । अभिनेता तामाङले शुक्रबार अनु थिङसँग विवाहमा बाधिने भएका हुन् ।
उनीहरुको विवाह भोलि भक्तपुरको एक पार्टी प्यालेसमा हुने भएको हो ।उनले मागी विवाह गर्न लागेका हुन् ।तामाङले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन्।




