• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मयुङको फाँट


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • खोटाङ, १३ असोज ।

    Advertisement

    चारैतिर घना जङ्गल । जङ्गलको बीच भागमा ठुल्ठूला दर्जनौँ घाँसे मैदान । प्राकृतिकरूपले मनोरम देखिने मयुङको फाँट तथा मैदानमा चौँरी, घोडा, गाईगोरु तथा हजारौँ भेडा चरिरहेका भेटिन्छन् ।

    खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरकै साल्पासिलिछो गाउँपालिका–५ दोभानेको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङको मनोरम दृश्यले त्यहाँ पुग्ने जो–कोहीको मन लोभ्याउने गर्छ ।

    बाह्रै महिना ढकमक्क फुलिरहने विभिन्न प्रजातिका फूल, समथर घाँसेमैदान, पर्याप्त पानीको स्रोत, जडीबुटी तथा विभिन्न ठाउँको दृश्य सजिलै देख्न सकिने ठाउँ रहेको पर्यटकीयस्थल मयुङ समुद्री सतहदेखि तीन हजार तीन सय ३३ मिटर उचाइमा पर्दछ । मयुङबाट सर्वोच्च शिखर सगरमाथा, महालङ्गुर हिमाल, अरुण उपत्यका, मेरापिक, मकालु तथा बरुण राष्ट्रिय निकुञ्जलगायत तराईका फाँटको दृश्य देख्न सकिन्छ ।

    झण्डै तीन हजार रोपनी क्षेत्रफल जमिनमा फैलिएको मयुङमा डाँफे, मुनाल, कालिज, चखेवा, मलेवा, ढुकुर, जुरेलीलगायत विभिन्न प्रजातिका चराचुरुङ्गी तथा गिद्ध, लोपोन्मुख जनावर रेडपाण्डा, बाघ, कालो भालु, चितुवा, मृग, हरिन, घोरल, थार, खरायोलगायतका वन्यजन्तुसमेत प्रत्यक्ष देख्न पाइन्छ । पशुपालनका लागि उपयुक्त घाँसेमैदान तथा पर्याप्त मात्रामा पानीको स्रोतसमेत रहेको पर्यटकीयस्थल मयुङमा दर्जनौँ चौँरीगोठ तथा गाईगोठ, उत्तिकै सङ्ख्यामा भेडीचोक रहेका छन् भने, करिब दुई सयको हाराहारीमा घर पालुवा घोडा चर्ने गरेका छन् ।

    सिजन ९मौसम०अनुसार विभिन्न प्रजातिका फूल ढकमक्क फुल्ने मयुङमा लालीगुराँस, चिमाल, रानीचाँप, घोगेचाँप, ढाप्ले, हिरिङ्गीलगायत विभिन्न प्रजातिका फूल पाइन्छन् । बाह्रै महिना एउटै रङ ९निलो० पानी देखिने हाँसपोखरीका साथै आसपासमा ताराखसेपोखरी, सुकेपोखरी, बाहुनपोखरीलगायत साना–ठूला गरी दर्जनौँ पोखरी रहेको मयुङमा बिहानीपख आहाराका लागि सयौँको सङ्ख्यामा पानीहाँस आउने गर्छन् । 

    हरेक नयाँ वर्षको दिन ठूलो मेला लाग्ने मयुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक चरनमा रहेका घोडा चढेर विभिन्न ठाउँ डुल्न तथा भेडाको पाठापाठीसँग खेल्न अधिक रुचाउने गरेका छन् । तीन दिनसम्म लाग्ने मेलामा खोटाङका विभिन्न स्थानीय तह, छिमेकी जिल्ला भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, सुनसरीको विराटनगर, धरानलगायतका बासिन्दासमेत मयुङ आउने गरेका छन् ।प्राकृतिकरूपले मनोरम एवं हरियाली देखिने मयुङ आसपास अन्य विभिन्न मनोरम दृष्य अवलोकन गर्न सकिने डाँडासमेत रहेका छन् । मयुङ नजिक रहेका चिलिमढुङ्गा, लौरेथुम, रावाधाप, जलजले, घ्याङखर्क, रमितेडाँडालगायत डुल्न र अन्य पर्यटकीय ठाउँको दृश्यावलोकन गर्न सकिने ठाउँ हुन् ।

    पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको मयुङमा बिखुमा, पाखनभेद, पदमचाल, भैरुङपाती, रानीतोहो, लोठसल्ला, पाँचऔले, चिराइतोलगायत बहुमुल्य जडीबुटी पाइन्छन् । मयुङमा पाइने जडीबुटी जिल्ला बाहिर निकासी गर्न सकेमा जिल्लाको आर्थिक उन्नतिमा सघाउ पुग्ने फेदीका बासिन्दा एवं युवा व्यवसायी धनकुमार राईले बताउनुभयो ।

    खोटाङ, भोजपुर र सङ्खुवासभाको सिमानामा पर्ने सालपा पोखरी जाने बाटोमा पर्ने मयुङमा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । मयुङ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सुविधायुक्त आवासको व्यवस्था गर्न सकेमा जिल्लालाई ठूलो मात्रामा आर्थिक आम्दानी हुने अनुमान गरिएको छ ।

    मयुङमा पाइने घोडा चढेर घोडाटार, साउनेडाँडा, जोगीमारा, बतासे, नागी, मात्तिम, भुवानपोखरी, जलजलेपोखरी, ढुङ्गाखर्क, नौँलाखर्कलगायतका रमणीय ठाउँ डुल्न सकिने फेदीका स्थानीय बासिन्दा ज्ञानकुमार राईले जानकारी दिनुभयो । “पर्यटनको यतिका सम्भावना हुँदाहुँदै पनि मयुङको विकासमा राज्यको ध्यान पुग्न सकेको छैन”, उहाँले भन्नुभयो, “मयुङलगायत आसपासको क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्न सकेमा जिल्लाको मात्र नभई १ नं प्रदेशकै आर्थिक विकासमा सघाउ पुग्छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

    पुस–माघमा हिउँ खेल्ने, चैत–वैशाखमा लालीगुराँस, चिमाल चाँप फुलेको हेर्न, असार–साउन र भदौमा चौँरी, भेडा, घोडा तथा गाईगोरुको बथान हेर्न तथा असोज–कात्तिकमा हिमाली शृङ्खला एवं टाढा–टाढाको दृश्यावलोकन गर्न पर्यटक मयुङ पुग्ने गरेका छन् । मयुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले त्यहाँ पाइने चौरीको घ्यू, छुर्पीलगायत दूधजन्य पदार्थ खरिद गरेर लैजाने गरेका छन् ।पर्यटकीयस्थल मयुङ घुम्नका लागि यो सिजन उपयुक्त मयुङमा भेनिुभएका भेडापालक फेदीका लक्ष्मी साम्पाङ ‘समिप’ले बताउनुभयो । “मयुङ घुम्नका लागि यो सिजन ९मौसम० उपयुक्त मानिन्छ, अहिले मयुङमा घुम्न दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “मयुङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि ठाउँठाउँमा व्यवस्थितरुपमा गोठबासको समेत व्यवस्था गरिएको छ ।”

    आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि मयुङमा एउटा गोठमा २० जनासम्म बास बस्न मिल्ने गरी गोठबास सञ्चालन गरिएको जनाइएको छ । गोठबासमा एक छाक मासुसँग खाना खाँदा रु पाँच सय तिनुपर्ने भेडापालक साम्पाङले जानकारी दिनुभयो ।

    गोठबासमा चाँैरी, गाई तथा भेडाको दूध दुहुन र भेडाको साँढ काटेर खान पाइने व्यवस्था मिलाइएको छ । आफ्नै बन्दोबस्तीका साथ मयुङ पुगेका पर्यटक गोठठबासमा बस्ने, खाने तथा सुत्नेसम्मको व्यवस्था भएपछि मख्ख पर्ने गरेका छन् । पर्यटकलाई लक्षित गरेर मयुङकै दिल्पा भन्ने ठाउँमा भोजपुरका एक व्यवसायीले होमस्टे ९घरबास०समेत सञ्चालन गरेका छन् । मयुङ घुम्न आउने पर्यटकका लागि उक्त होमस्टेले धान्ने अवस्था नरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

    मयुङसँगै गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको विकास एवं प्रवद्र्धनका लागि गाउँपालिकाबाट बजेटसमेत विनियोजन गरिएको केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईले बताउनुभयो । “गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलमध्ये मयुङ प्रमुख गन्तव्य हो”, उहाँले भन्नुभयो, “यसको समग्र विकासका लागि गाउँपालिका एक्लैको प्रयासले सम्भव छैन, यसका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायतसँग समन्वय गर्ने काम भइरहेको छ ।”

    नेपाल सरकारले निर्धारण गरेको एक सयवटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेलले समेत मयुङमा पर्यटकको सङ्ख्या वृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन् । चखेवाभञ्ज्याङबाट सुरु भएको मुन्धुम ट्रेल धोत्रे, जलजले, मानेडाँडा, मात्तिम, दिल्पा, ढुङ्गागाखर्क, घोडेटार, फोक्से, सातदोबाटोपोखरी, बलौटेभञ्ज्याङ, ह्याकुले, हर्कटे, जग्गे, गुराँसे, घोप्टे, लौरे, रावाढाप, हाँडीपोखरी, निकास, देउराली हुँदै सालपा सिलिचुङ पुगेको छ । रासस

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.